थारु साहित्यिक मेला भाग ३ आगामी माघ पहिलो साता वर्दियामा हुने


वर्दिया, असोज २४ गते । थारु साहित्य मेला भाग ३, आगामी माघको पहिलो साता बर्दियाको बढैयातालमा हुने पहिलो ब्यबस्थापकीय बैठकले निर्णय गरेको छ । मेला माघ महिनाको ४, ५ र ६ गते हुने जंग्रार साहित्यिकबखेरी, नेपालका केन्द्रियअध्यक्ष सोम डेमनडौराले जानकारी दिनुभयो ।

थारु लेखक संघ नेपालको आयोजना र जंग्रार साहित्यिक बखेरीको मुल संयोजनमा हुने सो मेलाका जिम्मेवारी समेत बाँडफाँड गरिएको आयोजकले बताएको छ । बैठकमा आर्थिक ब्यबस्थापन तथा संकलन, अवधारणापत्र, साहित्यकारहरुको नामावली संकलन, संचार संयोजन तथा सहकार्य लगायतका मुलभुत बिषयहरुको निर्णय गरेको छ ।

थारु साहित्यलाई मुलभूतरुपमा केन्द्रित गरिएको सो मेलामा अन्य भाषाका साहित्यलाई पनि सम्मान हुने गरी बुहभाषिक कबिगोष्ठि समेत राख्ने अध्यक्ष डेमनडौराले बताउनुभयो ।

मेलालाई भब्यरुपले सम्पन्न गर्नकालागि दिपावलीको अवसरमा मेलाको मुलनारा तथा ब्यानरमा र जंग्रार साहित्यिक बखेरीको टिसर्टमा देउसी भैलो खेलेर आर्थिक संकलन गर्ने योजना बनाइएको आयोजकले जानकारी गराएको छ ।

थारु साहित्यलाई मुलभूतरुपमा केन्द्रित गरिएको सो मेलामा अन्य भाषाका साहित्यलाई पनि सम्मान हुने गरी बुहभाषिक कबिगोष्ठि समेत राख्ने अध्यक्ष डेमनडौराले बताउनुभयो ।

सो अवसरमा लेखक तथा साहित्यकार सुशील चौधरीले हामीले चलाएको अभियान साँस्कृतिक र सामाजिक क्रान्तिका लागिहो । यो स्वयंसेवालाई पैसासँग तुलना गर्न नमिल्ने बताउनुभयो ।

तीन दिनसम्म चल्ने सो मेलामा बिभिन्न संघ संस्था, निजी क्षेत्र, ब्यापारी र ब्यक्तिबिशेषले पनि सहयोग र सहकार्य गर्नसक्ने बखेरीका संस्थापक सल्लाहकार सुशील चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया