थारु पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा राज चौधरी निर्वाचित


कमला चौधरी
वुटवल, असोज २५ गते । थारु पत्रकार संघ नेपाल रुपन्देही शाखाको अध्यक्षमा राज चौधरी निर्वाचित हुनुभएको छ । चौधरीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति गठन भएको छ ।

संघको बुधबार यहाँ सम्पन्न दोस्रो अधिवेशनले नयाँ कार्य समिति चयन गरेको हो । संघको उपाध्यक्षमा पार्वती थारु, सचिवमा कमल चौधरी, कोषाध्यक्षमा शिवा चौधरी, सहसचिवमा अनिता चौधरी सर्वसम्मत चयन हुनुभयो ।

संघको सदस्यहरुमा गोरख चौधरी, यमुना चौधरी, हरिनारायण चौधरी चयन हुनुभयो । त्यस्तै सल्लाहकारमा हिक्मत चौधरी, कमला चौधरी, श्रीनिवास चौधरी चयन हुनुभयो ।

कार्यक्रममा वक्ताहरुले थारु समुदायको हक अधिकार र पहिचानका मुद्दाहरुलाई सक्रियारुपमा सञ्चारमाध्यम मार्फत् उठाउनु पर्नेमा जोड दिएका थिए । आगामी कार्तिकमा हुने थारु पत्रकार संघको केन्द्रीय महाधिवेशनलाई मध्यनजर गर्दै सो अधिवेशन सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया