थारु पत्रकार संघ बारा शाखाले गर्यो जनप्रतिनिधिहरुलाई सम्मान


दुष्यन्त चौधरी
कलैया, असोज ३१ गते । हालै सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित बारा जिल्लाका थारु प्रतिनिधिहरुलाई थारु पत्रकार संघ नेपाल बारा शाखाले सम्मानित गरेको छ ।

संघको जिल्ला कार्यसमिति बाराको आयोजनामा कलैयास्थित रहेको थारू कल्याणकारीणी सभाको सभाकक्षमा आयोजित कार्यक्रममा २७ जना जनप्रतिनिधिलाई सम्मानित गरेको हो ।

संघका अध्यक्ष रेनुकुमारी चौधरीको अध्यक्षतामा तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रमुख आतिथ्यतामा निर्वाचित थारु जनप्रतिनिधिलाई सम्मानित गरिएको थियो ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित थारु प्रतिनिधिहरुलाई सम्मान कार्यक्रम र शुभ दिपावली तथा छठ पर्वको उपल्क्षयमा शुभकामना आदान प्रदान कार्यक्रम पनि गरिएको थियो ।

सम्मानित हुनेमा करैयामाई गाउँपालिकाका प्रमुख भुवनेश्वर धामी थारु, बारागढी गाउँपलिकाका प्रमुख देवदत्त बछाड, जितपुर सिमरा उपमहानगरपालिकाका उपमेयर सरस्वती देवी चौधरी, कोल्हवी नगरपालिकाका उप प्रमुख सुनैना देवी चौधरी, करैयामाई गाउँपालिकाका उपप्रमुख चित्ररेखा कुमारी चौधरी लगायतकालाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संघका अध्यक्ष रेनुकुमारी चौधरीको अध्यक्षतामा तथा सहायक प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रमुख आतिथ्यतामा निर्वाचित थारु जनप्रतिनिधिलाई सम्मानित गरिएको थियो ।

त्यसैगरी बारागढी गाउँपालिकाका वडाध्यक्ष २ का लाकृष्णप्रसाद चौधरी, वडाध्यक्ष ४ का रामकृपाल चौधरी, वडाध्यक्ष ५ का मनेजर चौधरी, वडाध्यक्ष १ का नन्दलाल राय थारु, करैयामाई गाउँपालिकाका वडाध्यक्ष २ का सुरेन्द्र चौधरी, वडाध्यक्ष ५ का उमेशप्रसाद चौधरी, वडाध्यक्ष ६ का राजकुमार चौधरी, वडाध्यक्ष ७ का बिरिज चौधरी सम्मानित हुनुभयो ।

साथै कलैया उपमहानगरपालिकाका वडाध्यक्ष ११ का सर्वनारायण चौधरी, वडाध्यक्ष २४ का हरिलाल चौधरी, कोल्हवी नगरपालिकाका वडाध्यक्ष १ का वीरेन्द्र प्रसाद चौधरी, वडाध्यक्ष ३ का किसुनदयाल चौधरी थारु, वडाध्यक्ष ५ का बासु प्रसाद चौधरी, वडाध्यक्ष ६ का पुरन दे्व चौधरी, वडाध्यक्ष ७ का वीरेन्द्रप्रसाद चौधरी, वडाध्यक्ष ९ का यागेश चौधरी, वडाध्यक्ष १० का सुरेन्द्र प्रसाद चौधरी, वडाध्यक्ष ११ का नन्दकिशोर चौधरी सम्मानित भएका हुन ।

जितपुर सिमरा महानगरपालिकाका वडाध्यक्ष ५ का मोहित चौधरी, वडाध्यक्ष ९ का प्रभुनाथ प्रसाद चौधरी, वडाध्यक्ष १२ का लालबाबु प्रसाद चौधरी, वडाध्यक्ष १३ का राजेन्द्र सिंह थारु लगायतका गरि २७ जना सम्मानित भएका थिए ।

सो कार्यक्रममा नेपाल परिवार दलका जिल्ला अध्यक्ष सुरेन्द्रप्रसाद चौधरी, थारू कल्याणकारीणी सभाका अध्यक्ष रामप्रसाद चौधरी, सामाचकेवा बचत तथा ऋण सहकारीका अध्यक्ष लक्ष्मीप्रसाद चौधरी, नेकपा एमाले उपाध्यक्ष देवनारायण चौधरी, राप्रपाका केन्द्रीय सदस्य गिरधारी प्रसाद चौधरी, प्रेस सेन्टरका अध्यक्ष रामबाबु मेहता, रिपोर्टर्स क्लबका अध्यक्ष सिकेन्द्र पासवान, सशस्त्र प्रहरी उपरीक्षक बेनु प्रसाद पाठक, अनुसंधानका प्रमुख उतम खनाल, प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि सहायक प्रमुख जिल्ला अधिकारी केशरीले दीप प्रज्जवलन गरी उदघाटन गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य संघका उपाध्यक्ष जियालाल चौधरीले गरेका थिए ।

तपाईको प्रतिक्रिया