
काठमाडौं, कात्तिक ६ गते । थारु पत्रकार संघ नेपाल दाङ शाखाले असोज ७ गते शाखाको जिल्ला अधिवेशनमा केन्द्रीय प्रतिनिधि आउन नसकेको कारणसहितको केन्द्रसँग लिखित जवाफ माग गरेको छ ।
संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीलाई ज्ञापनपत्र बुझाउँदै दाङ शाखाका अध्यक्ष सन्तोष दहितले सो जवाफ माग गरेका हुन् । अधिवशेनमा केन्द्रीय प्रतिनिधि पठाउने बारेमा लिखित तथा मौखिक पत्राचार गर्दासमेत उपस्थिति नहुनु दाङ शाखालाई केन्द्रले वेवास्ता गरेको ज्ञापनपत्रमा सो शाखाले गुनासो गरेको छ ।
केन्द्रीय प्रतिनिधि पठाउने बारेमा लिखित तथा मौखिक पत्राचार गर्दासमेत उपस्थिति नहुनु दाङ शाखालाई केन्द्रले वेवास्ता गरेको ज्ञापनपत्रमा सो शाखाले गुनासो गरेको छ ।
दाङ शाखाको जिल्ला अधिवेशनमा संघका केन्द्रीय महासचिव मदन चौधरी प्रतिनिधिको रुपमा दाङ जाने निश्चय भएपनि अन्तिम बेलामा चौधरीले काम विशेषले उपस्थिति जनाउन नसकेको प्रष्टिकरण दिएका थिए ।
त्यस्तै, कात्तिक १८ गते हुन गइरहेको केन्द्रीय अधिवेशनमा एक जिल्लाबाट तीन जना प्रतिनिधि सहभागी गराउने बारेको केन्द्रीय परिपत्रमा पनि दाङ शाखाले असहमति जनाएको छ । संघका अध्यक्ष दहितकाअनुसार जिल्लामा कार्यरत थारु पत्रकारको संख्याको आधारमा समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने माग गरेको छ । त्यसो नगरिए केन्द्रीय अधिवेशनमा भाग नलिने चेतावनी सो शाखाले दिएको छ ।
हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ





