भगतराम थारु
नेपालगन्ज, कात्तिक ७ गते । एका विहानै नेपालगन्जको एक होटेलमा ठुलो स्वरमा थारु गित घन्कीरहेको थियो । भिडभाड पनि उत्तिकै थियो । होटेलमा एकजना युवाले एक युवतीलाई स्विमिङ पुलबाट समातेर निकालिरहेका थिए । हट कपडा पहिरनमा सजिएका युवतीलाई विस्तारै समातेर वाहिर निकालेर चुम्बन समेत गर्न भ्याए ।
पछाडी धेरै युवाहरुले तमासा हेरेझै हेरिरहेका थिए । कोही हासो मै उडाए त कोही वाहवाही समेत गरे । पानीमै रमाइरहेका युवा युवती देखेर अरुले पनि चकित परे । एकैछिनमा कट कटको स्वर आयो । पुनः युवा युवती स्विमिङ पुलमा हाम फाले त्यही सिन दोहोरिएपछि वाहिर रहेका दर्शकहरुले थाहा पाए, छायाँकन पो रहेछ । एकजना युवाले थारु गीतको भिडियो सुटिङ गरिरहेका थिए । पछिल्लो समय थारु गीतको भिडिओले आकर्षण थपेको छ । होटेलमै आधा शरीर देखिने युवतीलाई स्विमिङ पुलबाट निकाल्ने युवा थिए राजकुमार चौधरी ।
कहाँ जाइटो गोरी लचकाइके कमरिया बोलको थारु गीतमा मोडेलको भुमिका खेलेका राजकुमार चौधरी हेर्दैमा लोभलाग्दो शरीर छ । ज्यान लागेका मोडेल राजकुमार घरीघरी मोडल खेलेका युवती मिना चौधरीलाई हट सिनमा उतारेर कम्मर लचकाउन लगाएको देखिन्थ्यो ।
कोरियोग्राफीमा थिए प्रदिप चौधरी उनले मोडेल मिनाको कम्मर लच्काईले दर्शक झन उतार्ने दावी गरे । चढेको बैंसमै मोडेल मिनालाई राजकुमारले किनारबाट नजर हानेको हट सिन झनै आकर्षण भएको प्रदिपले बताए । मोडल राजकुमार र मोडेल मिनाको हट डान्सले बजारमा तहल्का नै मच्चाउने भिडिओ आउने कोरियोग्राफी प्रदिपले बताए ।
मोडेल मिनाको कम्मरको चर्चा बढि रहेको कोरियोग्राफी प्रदिपले बताए । पुरै गीतमा हट सिन र आकर्षक रहेको हुनाले यो गीतले बजारमा धमाका उतार्ने उनको दावी छ ।
कहाँ जाइटो गोरी लचकाइके कमरिया भन्ने वित्तिकै मोडेलले लचकाएको कम्मर र मोडल राजकुमारको डान्समा झुम्ने आश रहेको कोरियोग्राफी प्रदिपले बताए । मोडेल मिनाको कम्मरको चर्चा बढि रहेको कोरियोग्राफी प्रदिपले बताए । पुरै गीतमा हट सिन र आकर्षक रहेको हुनाले यो गीतले बजारमा धमाका उतार्ने उनको दावी छ ।
गीतजस्तै सिन, मोडल र मोडेल भएकाकारण थप चर्चा पाउने आशा रहेको उनले बताए । आफुले सोचेको जस्तो भिडिओ सुटिङ भएको मोडल राजकुमारको भनाई छ । थारु डिजे भएकाकारण यस गीतको भुमिका पनि उस्तै किसिमको भएको उनले बताए ।
अहिलेका चर्चित थारु गायक विश्व सागर परियार र सुमन चौधरीको स्वरमा रहेको थारु गीतमा रामु चौधरीले म्यामरामा साथ दिएका छन भने रविना चौधरीले मेकअपमा साथ दिनुभएको थियो ।