थारु पत्रकार संघ सुनसरी शाखाको वार्षिक साधारणसभा सम्पन्न


कुलदिप चौधरी
सुनसरी, कात्तिक ८ गते । थारु पत्रकार संघ नेपाल सुनसरी शाखाको प्रथम साधारणसभा मंगलबार झुम्कामा सम्पन्न भएको छ । गत वर्ष २०७३ कर्तिक ६ गते गठन भएको शाखाले विधानअनुसार वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।

संघका अध्यक्ष कुलदिप चौधरीको सभापतित्व र थारु पत्रकार संघ नेपालको केन्द्रीय सदस्य किशोर चौधरीको प्रमुख अतिथिय्तामा सम्पन्न कार्यक्रममा पत्रकारितालाई अझ परिस्कृत बनाएर अगाडि बढ्नुपर्ने धारणा वक्ताहरुले राख्नुभयो ।

सो अवसरमा केन्द्रीय सदस्य चौधरीले देश र रास्ट्रकानिम्ति हरेक समुदायको अवाज लाई बुलन्द पार्न बढीभन्दा वढी थारुहरुलाई पत्रकारिता पेशामा आउन आग्रह गर्नुभयो ।

संघका अध्यक्ष कुलदिप चौधरीको सभापतित्व र थारु पत्रकार संघ नेपालको केन्द्रीय सदस्य किशोर चौधरीको प्रमुख अतिथिय्तामा सम्पन्न कार्यक्रममा पत्रकारितालाई अझ परिस्कृत बनाएर अगाडि बढ्नुपर्ने धारणा वक्ताहरुले राख्नुभयो ।

त्यस्तै, थारु कानुनी व्यावसायि सभाका केन्द्रीय अध्यक्ष रामराज चौधरीले वर्तमान संविधानले थारुको मुद्दाहलार्इ समेटन नसकेको बताउनुभयो । अवको निर्वाचित थारु प्रतिनिधिले संविधान संशोधन गरी थारुको अधिकार सुनिश्चित गर्नमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।
थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीले थारु पत्रकार संघले थारुको आवाजलाई उजागर गरेकोमा प्रसंशा गर्नुभयो । सञ्चारमाध्यमले अरुलाई बाटो देखाउने जिम्मेवारी निर्वाक गर्ने हुनाले जिम्मेवार भएर कलम चलाउन उहाँले पत्रकारलाई सुझाव दिनुभयो ।

आदिवासी जनजातिको भुपु उपाअध्यक्ष तेज नारायण चौधरीले थारुहरुको छाता संगठन थारु कल्याणकारीणि सभाले थारु समुदायको उत्थानकानिम्ति काम गर्नुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा थाकसका जिल्ला सचीव मनोज चौधरी, थारु महिला सभाकी अध्यक्ष शुशिला चौधरी, बिजय चौधरी, थारु चलचित्र तथा सांंस्कृतिक संघका केन्द्रिय अध्यक्ष परशुराम चौधरी, पत्रकार गवन चौधरी, मिना विश्वास, नविन चौधरी लगायतले धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संघका अध्यक्ष चौधरीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया