सन्तकुमार चौधरी
चितवन, कात्तिक ९ गते । गायक मनोज महतो फेरि नयाँ गीत ल्याउने तयारीमा जुटेका छन् । केही महिना अघि मात्रै उनले “कहबसु याजु मोर मनवाक वतवा, सुनवही जउ तुई ” निकै चर्चा कमाएको थियो ।
म यस्तो गीत गाउँछु नेपाली चलचित्रको कभर गीतलाई थारु भाषामा उनले आवाज दिएका थिए । यो गीत अडियोमा मात्रै सार्वजनिक भएको छ । यस्तै गायक संजय चौधरी र मनोज महतोले स्वर दिएको “मुई त दंग परलसु मुई त छक्क परलसु” बोलको गीत पनि निकै चर्चामा छ ।
यी दुवै गीत चितोनीया थारु भाषाका हुन । अहिले भने नेपाली भाषाको गीत ल्याउने तयारीमा जुटेका छन् । ए जीन्दगी तेरो र मेरो एकान्तमा बात छ, सपना सारा टुटे मेरो, साहारा सबै छुटे मेरा, केवल साहारा यो रात छ बोलको गीत भखरै रेकर्डीङ सकेका छन् । चलचित्र निर्देशक किशोर चौधरी र सन्त महतोको शब्द रहेको गीतमा चलचित्र निर्देशक किशोर चौधरीकै संगीत छ ।
“होर तुई यी सलवा, साली भेटे ससुर घर जाई” लगायत एक दर्जनबढी थारु भाषाको गीतमा मात्रै उनले आवाज दिएका छन् । के, खोजेको बस्नै हुन्न खाली, चोली ल्याउँला, नक्कली रैछौं, लगायत उनले गाएका गीतहरु सदावहार छन् ।
गायक मनोजले यो गीतका शब्दहरु निकै मनछुने भएकाले दर्शक स्रोताले निकै मन पराउने विश्वास व्यक्त गरे । काठमाण्डौंस्थित ए वान म्यूजिसियनको स्टुडियोमा रेकर्डिङ भएको गीतलाई साजन शाहाले रेकर्ड गराएका हुन । गीतलाई माहाराजा थापाले एरेन्ज गर्दैछन् ।
यसअघि दर्जन बढी नेपाली गीत सँगीतमा उनले आवाज दिएका छन् । थारु भाषाको गीत गाउन माहिर मानिएका मनोज महतोले नेपाली भाषा लगायत भोजपुरी गीतमा समेत आवाज दिएका छन् । नेपाली चलचित्र फागु लगायत आधा दर्जनबढी ठूलो पर्दाका चलचित्रमा समेत आवाज दिइसकेका छन् ।
“होर तुई यी सलवा, साली भेटे ससुर घर जाई” लगायत एक दर्जनबढी थारु भाषाको गीतमा मात्रै उनले आवाज दिएका छन् । के, खोजेको बस्नै हुन्न खाली, चोली ल्याउँला, नक्कली रैछौं, लगायत उनले गाएका गीतहरु सदावहार छन् ।
चितवनको खैरहनी नगरपालिका वडा नं. १ बहेरी घर भएका गायक मनोज महतोले गीत संगीतमै भविस्य बनाउने उद्देश्यले यो क्षेत्रमा लागेका हुन । स्टेज कार्यक्रममा समेत उनको माग बढ्दो छ । युवापुस्ताको त्र्रmेज उनमा बढी छ । निकट भविस्यमै स्लो एल्बम निकाल्ने उनको तयारी छ ।