
लालु चौधरी
तुलसीपुर, कात्तिक ९ गते । थारु पत्रकार संघ दाङ शाखाले कात्तिक १८ गते हुने केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनौट गरेको छ । तुलसीपुर दाङमा विहिबार बसेको बैठकले प्रनिनिधि छनौट गरेको हो ।
संघका अध्यक्ष सन्तोष दहितको अध्यक्षता बसेको बैठकले दहितकै संयोजकत्वमा आठ सदस्यीय महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । जसमा लालु चौधरी, सवि थारु, कृष्ण समर्पण, सुन्दर चौधरी, अञ्जना चौधरी, कल्पना चौधरी अञ्जना जिन्गुनी रहेका छन् ।
यसैबीच बैठकले महाधिवेशनका लागि आर्थिक समिति गठन गरेको छ । संघका अध्यक्ष दहितको संयोजकत्वमा सात सदस्यीय आर्थिक समिति गठन गरेको हो । जसको सदस्यहरुमा सुन्दर चौधरी, हरिराम चौधरी, कृष्ण समर्पण, श्रीराम दहित, विष्णु कुसुम, सविता चौधरी रहेका छन् ।
त्यसैगरी बैठकमा थारु पत्रकार संघद्वारा प्रकाशन हुन लागेको हमार दाङ स्मारिकाको बारेमा विविध छलफल गरेको छ । प्रमुख अतिथि रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीले हमार दाङ स्मारिकामा थारु कला, संस्कृति, कृषि, भाषा, भेषभूषा सबै समेटिनु पर्ने सुझाव दिएका थिए ।
त्यसैगरी थारु जातिको उत्थानको लागि थारु पत्रकार सधैं लागिरहनु पर्ने बताएका थिए । थारु पत्रकार संघ दाङले विभिन्न गतिविधि समेटेर हमार दाङ स्मारिका प्रकाशन गर्न लागेको छ ।
थारु जातिको उत्थानको लागि थारु पत्रकार सधैं लागिरहनु पर्ने बताएका थिए । थारु पत्रकार संघ दाङले विभिन्न गतिविधि समेटेर हमार दाङ स्मारिका प्रकाशन गर्न लागेको छ ।
संघका अध्यक्ष दहित प्रधान सम्पादक रहेको स्मारिका प्रकाशनको जिम्मेवारी बाँडफाँड गरेको छ । कार्यकारी सम्पादकमा लालु चौधरी, सम्पादक मण्डलमा अञ्जना चौधरी, नविन चौधरी, सविता चौधरी रहेका छन् ।
त्यस्तै, व्यवस्थापकमा राजकुमार कान्छा र सहयोगीहरुमा कल्पना चौधरी, शेरबहादुर चौधरी, सवि थारु, उदिराम चौधरी, विष्णु कुसुम, अञ्जना जिन्गुनी, श्रीराम दहित, महेन्द्र कुसुम्या रहेका छन् । संघका अध्यक्ष दहितको अध्यक्षता तथा रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको प्रमुख आतिथ्यतामा बैठक बसेको थियो ।
बैठकमा गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, कृष्ण समर्पण, सुन्दर चौधरी, विष्णु कुसुम, श्रीराम दहित, उदिराम चौधरी, निता चौधरीलगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।




