थारु पत्रकार संघ, बाँके शाखाले पनि गर्यो अधिवेशन प्रतिनिधि छनोट


भगतराम थारु
नेपालगञ्ज, कात्तिक १० गते । थारु पत्रकार संघ नेपालको कात्तिक १८ गते सुनसरीमा हुने केन्द्रिय अधिवेशनका लागि बाँके शाखाले ३ जना प्रतिनिधि छनौट गरेको छ ।

संघका सचिव भगतराम थारु, कोषाध्यक्ष सुमित्रा चौधरी र सल्लाहकार विश्वराज पछल्डग्यालाई प्रतिनिधिकोरुपमा छनौट गरेको हो । त्यस्तै अधिवेशनमा जानका लागि आर्थिक संकलन समिति पनि बैठकले गठन गरेको छ ।

समितिको संयोजकममा सचिव भगतराम थारु रहनुभएकोे छ भने सदस्यहरुमा कुमार चौधरी, लक्ष्मी चौधरी, शम्भु चौधरी, योगेश चौधरी, जागेश्वर चौधरी रहनुभएको छ । थारु पत्रकार संघ बाँँँकेका अध्यक्ष विमला चौधरीको अध्यक्षतामा बसेको बैठकले केन्द्रिय अधिवेशनमा बाँँके शाखाबाट १० जना प्रतिनिधि सहभागिता जनाउने नाम सिफारिस पनि गरेको छ ।

संघका सचिव भगतराम थारु, कोषाध्यक्ष सुमित्रा चौधरी र सल्लाहकार विश्वराज पछल्डग्यालाई प्रतिनिधिकोरुपमा छनौट गरेको हो । त्यस्तै अधिवेशनमा जानका लागि आर्थिक संकलन समिति पनि बैठकले गठन गरेको छ ।

जसमा विमला चौधरी, भगतराम थारु, सुमित्रा चौधरी, विश्वराज पछल्डग्या, कुमार चौधरी, लक्ष्मी चौधरी, मधुरानी चौधरी, कृष्ण चौधरी, शम्भु चौधरी, जागेश्वर चौधरी रहेका छन् । बैंठक नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष ठाकुर सिह थारुको प्रमुख आतिथ्यतामा भएको थियो ।

तपाईको प्रतिक्रिया