
धादिङ, कात्तिक ११ गते । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडमा शनिबार त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ। सो मध्ये दुईजना थारुको मृत्यु भएको देखिएको छ । अझै मृतकको संख्या बढ्नसक्ने अनुमान प्रहरीको छ ।
मृतक मध्ये ९ जना पुरुष, ७ जना महिला र ३ जना बालबालिका रहेको धादिङको प्रहरी उपरीक्षक ध्रुवराज राउतले जानकारी दिनुभयो । मृतकको सनाखत हुनेक्रममा रहेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार सुशान चौधरी र पार्वती चौधरीको सनाखत भएको छ ।
कानून व्यवसायी दुर्गानन्द चौधरी र उहाँको छोरा गम्भीर घाइते हुनुभएको छ । उहाँहरुको उपचार ट्रमासेन्टर काठमाडौमा भइरहेको छ । त्यस्तै, अन्य थारुमा नितिदिता चौधरी, सुगम चौधरी, अभिषेक चौधरी लगायत घाइते हुनुभएको छ ।
सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको थियो।

दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्धार गरिएको छ। घाइतेहरू मध्ये २ जनालाई उपचारकालागि काठमाडौँ पठाइएको छ । १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बस तिव्र गतिकाकारण दुर्घटना भएको दुर्घटनाका घाइतेहरू बताएका छन्।




