
वर्दिया, कात्तिक १३ गते । थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउनकालागि बारबर्दिया नगरपालिकाले बर्दिया जिल्लाभरिका नगरपालिका र गाउँपालिकाका प्रमुखलाई आमन्त्रण गरेर आउने शनिबार १८ गते छलफल गराउने भएको छ ।
गुलरीया नगरपालिकामा बसेको बैठकमा सो कार्यक्रमका लागि बारबर्दिया नगरपालिकाका प्रमुख दुर्गाबहादुर थारुले संयोजन गर्ने निर्णय भएको छ ।
थारु बहुलजिल्लामा थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउँदा थारुभाषा संरक्षण हुने कुरा लेखक सुशील चौधरीले बताउनुभयो । सरकारी कामकाजका लागि थारु भाषालाई पनि प्रयोग गर्नु र गराउनु राज्यको दायित्व हो उहाँले भन्नुभयो ।
यसअघि बाँसगढी नगरपालिकाले थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेको थियो । १८ गते हुनगई रहेको सो छलफलमा लेखक सुशील चौधरी र सन्तराम धरकटुवा थारुको संयुक्त अभ्यासमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ ।
साहित्यकार तथा अधिबक्ता सन्तराम धरकटुवा थारुले यो अभियानलाई बर्दिया जिल्लाबाट शुरुवाट गरी कैलाली, कञ्चनपुर, बाँके, दाङ र अन्य जिल्लामा समेत राष्ट्रियरुपमा अभियान चलाउने बताउनुभयो ।
यसअघि बाँसगढी नगरपालिकाले थारु भाषालाई सरकारी कामकाजी भाषा बनाउने निर्णय गरेको थियो । १८ गते हुनगई रहेको सो छलफलमा लेखक सुशील चौधरी र सन्तराम धरकटुवा थारुको संयुक्त अभ्यासमा कार्यपत्र प्रस्तुत गरिने बताइएको छ । त्यसमा पत्रकार एकराज चौधरीले टिप्पणी गर्नुहुनेछ ।
कार्यक्रम बारबर्दिया नगरपालिकाको कार्यालय हलमा हुने प्रमुख दुर्गाबहादुर थारु कबिरले जनाउनुभयो । सो कार्यक्रममा जिल्लाभरिका नगरपालिका र गाउँपालिका प्रमुखहरुको साथै भाषा साहित्यमा कामगर्ने ब्यक्तिहरुको उपस्थिति रहने बताइएको छ ।




