थारुटोल बलहामा कार्यक्रमगरी दिदीवहिनीले गरे समाचकेवा बिसर्जन


सुनिल चौधरी
झुम्का, कात्तिक २१ गते । तराई क्षेत्रमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइ प्रेम प्रतीकका रुपमा रहेको सामाचकेवा सुनसरी इनरुवाको बलाहा गाउँमा एक कार्यक्रमगरी जलाशयमा बिर्सजन गरिएको छ ।

थारु जागृति क्लव बलाहा सुनसरीको अयोजनामा महिलाहरुले एक अर्कासँग मूर्तिहरु साटासाट गर्दै सामुहिक रुपमा बिर्सजन गरेको दुलिचन चौधरीले बताउनुभयो । पर्वमा खासगरेर आफ्ना दाजुभाइ दिदिबहिनीवीचको प्रगाढ प्रेम भावनालाई परिभाषित गर्ने गरिन्छ ।

क्लवका अध्यक्ष रोशन चौधरीको सभापत्विमा भएको बिर्सजन कार्यक्रममा गाउँका ३० वटा डालामा रहेको समाचकेवा बिर्सजन गरेको कार्यक्रम संयोजक चौधरीले बताउनुभयो । कार्यक्रममा प्रमुख अतिथी नेकपा एमालेबाट सुनसरी क्षेत्र नं. २ (ख) का प्रदेश उमेदवार राप्रसाद मेहताले समाचकेवा भगवानले एकता र सदभाव कायमका गरोस भन्ने शुुभकामना ब्यक्त गर्नुभयो ।

त्यसैगरी नवगठित थारु पत्रकार संघका केन्द्रि समितिका सदस्य कुलदिप चौधरीले समाचकेवामा रहेका चुग्लाजस्तै पात्र बिगबिगी रहेकाले थारु समुदाय माथि उठ्न नसकेको भन्दै त्यसता ब्यक्तिलाई समाजले पहिचान गर्नुपर्ने बताउनुभयो ।

सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो ।

भविष्य पुराणमा उल्लेख गरिएअनुसार, सामाकी नोकरानी डिहुलीले सामा जतिखेर बृन्दावनमा घुमघाम गर्न जाँदा ऋषिहरुसँग रमण गर्ने गरेको झुठो कुरा कृष्णसमक्ष लगाइन् । भगवान कृष्ण आवेशमा आएर सामा र बृन्दावनका समस्त ऋषिहरुलाई चरा बन्ने श्राप दिनुभयो ।

सामाको भाइ साम्बले जव यी विषयहरुमा जानकारी पाएपछि आफ्नी दिदीलाई श्रापबाट मुक्त गराउनकालागि घोर तपस्या गरे । तपस्याबाट खुशी भएर कृष्णले सामासहित सवै ऋषिहरुलाई श्रापबाट मुक्त गर्नुभयो । भाइले आफ्नी दिदीलाई श्रापबाट उद्धार गरेकाले अवदेखि जसले माटोको सामा बनाएर गाउँभरमा भ्रमण गरी पर्व मनाउँछन्, उसको दाजुभाइ दीर्घायु हुने बरदान सामाले दिनु भएपछि यो पर्वको शुभारम्भ भएको धार्मिक मान्यता छ ।

विशेषगरेर द्धितियाको दिन कुनै नदी पोखरी वा तलाउको स्वच्छ पवित्र कोमल कञ्चन माटोबाट सामाचकेवाको जीवन चरित्र झल्किने महत्वपुर्ण मूर्तिहरु प्रतिकालकरुपमा निर्मांण गरिन्छ ।

प्रतिमुर्तिको रुपमा (१) समाचकेवा (२) मृदीया (मृदङा बजाउने) (३) झाइलवाला (झयाल वजाउने) (४) नटुवा (नटकी वा नृत्य गर्र्ने) (५) विपातर ( विपतीबाट उपाय निकाल्ने ) (६) नाहमैया (ढुंगा खियाउने) (७) कुकुर (सहयोगी जनावर) (८) भमरा (प्रेमको प्रतिक) (९) वृन्दावोनी (वृन्दावनको प्रतिक) (१०) ज्वालिन (वाला) बनाई यो पर्व मनाउने गरिन्छ ।

तपाईको प्रतिक्रिया