वाम शक्तिको घोषणापत्र सार्वजनिक, समृद्धिको साझा प्रतिवद्धता


लक्की चौधरी

काठमाडौं, कात्तिक २१ गते । वाम गठबन्धनमा आवद्ध नेकपा (एमाले) र माओवादी केन्द्रले मिलेरै लोकतन्त्र बलियो बनाउने बताएका छन् । विचार र मन मिल्ने शक्तिलाई सहकार्य गरेर अगाडि बढ्न पनि ती दलले सुझाव दिएका छन् ।

वाम गठबन्धनको संयुक्त चुनावी घोषणापत्र मंगलबार यहाँ सार्वजनिक कार्यक्रममा दुवै दलका अध्यक्षहरुले त्यस्तो सुझाव दिंदै कांग्रेस नेतृत्वको गठबन्धनलाई संकेत गरी त्यस्तो सझुाव दिएका हुन् । वाम शक्तिबीच एकता हुनलाग्दा कांग्रेस आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै दुवै अध्यक्षले प्रश्न गर्नुभयो, “लोकतन्त्र मिलेर बलियो हुन्छ कि फुटेर ? झगडा गरेर कहीं लोकतन्त्र बलियो हुन्छ ?”

कांग्रेसले आफ्नो घोषणापत्रमा वाम गठबन्धनप्रति अनेक भ्रम र आशंका फिजाउने प्रयास गरेपनि आफूहरु त्यस्तो नगर्ने र काम गरेरै देखाउने प्रतिवद्धता दुवै अध्यक्षहरुले गर्नुभयो । “हाम्रा उद्देश्य, लक्ष्य महान र पवित्र छन्, सही उद्देश्य र संकल्पकासाथ अगाडि बढ्छौं” भन्दै उहाँहरुले चुनावी घोषणापत्रलाई देश बनाउने मुख्य आधारकोरुपमा प्रस्तुत गरेका छन् ।

छिमेकी शक्तिहरुसँग सन्तुलित व्यवहार गर्ने प्रतिवद्धता गरेका वाम शक्तिहरुले घोषणापत्रमा भनेका छन्, “हामी कतै ढलिकदैनौं, सन्तुलित व्यवहार गरी विग्रेको सम्बन्धमा सुधार ल्याउँछौं ।” कहिलेकाहीं छिमेकीहरुसँग अनमन हुनसक्छ तर त्यसको निराकरणकालागि पारस्परिक सहयोगको वातावरण बनाएर अघि बढ्छौं दुवैको प्रतिवद्धता छ ।

घोषणापत्रमा प्रमुख पाँच बुँदालाई प्राथमिकता दिंदै वाम दलले भनेका छन्, “हाम्रो वाम एकता मुलुकको समृद्धि र राष्ट्रिय एकताका लागि हो”, घोषणापत्रमा अब मुलुकमा वामपन्थी शक्ति र दक्षिणपन्थी शक्ति कायम रहने बताएका छन् । राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय एकता, शान्ति स्थायित्व र आर्थिक समृद्धि एव विकासलाई प्रमुख मुद्दा बनाएर घोषणापत्र तयार गरिएको छ ।

वाम शक्तिबीच एकता हुनलाग्दा कांग्रेस आत्तिनुपर्ने कुनै कारण नभएको भन्दै दुवै अध्यक्षले प्रश्न गर्नुभयो, “लोकतन्त्र मिलेर बलियो हुन्छ कि फुटेर ? झगडा गरेर कहीं लोकतन्त्र बलियो हुन्छ ?”

घोषणापत्रले श्रमजीवि वर्ग, पछाडि परेका वर्गको उत्थान गरी सन्तुलित विकासमा जोड दिएको   छ । “मजदुर, किसान, श्रमजीवी, शोषित, पीडित, गरिब जनताको हितका पक्षमा व्यवस्थित कार्ययोजना सञ्चालन गरी, महिला, दलित, जनजाति, मधेसी, थारू, मुस्लिम र सबै उत्पीडित जाति र पिछडिएका क्षेत्रका जनताको हक, हित, पहिचान र स्वाभिमानको पक्षमा हाम्रा कामहरू निर्देशित हुनेछन्” प्रतिवद्धता घोषणापत्रमा छ ।

“स्वच्छ निर्वाचन–लोकतन्त्रको आधार ः सुशासन र समृद्धिका लागि वामपन्थी सरकार” नारा तय गरी सार्वजनिक गरिएको ४८ पृष्ठको घोषणापत्रले निर्वाचनपछि अब बन्ने वामपन्थी नेतृत्वको सरकारले सुशासनलाई पहिलो प्राथमिकता दिने प्रतिवद्धता छ । घोषणापत्रमा भनिएको छ, “यो घोषणापत्र नयाँ युगका विशेषतामा आधारित नेपाली जनताको समृद्धिको ठोस कार्ययोजना हो, यसलाई पूरा गर्न आगामी निर्वाचनबाट हामीलाई सुविधाजनक बहुमतसहितको सरकार गठन गर्ने जनादेशको खाँचो पर्छ ।”

दुवै दलले आगामी दुई वर्षभित्र राष्ट्रव्यापी नापी लागूगरी भूमिको अभिलेख अद्यावधिक गर्ने प्रतिवद्धता गरेका छन् । भूमिसम्बन्धी सबै अभिलेखहरु डिजिटल प्रणालीमा लैजाने बताउँदै घोषणापत्रमा भनिएको छ, “दुई वर्षभित्र नेपाललाई आधारभूत खाद्यान्न, माछा मासु, अण्डा, दूधमा आत्मनिर्भर बनाउने छौं । पाँच वर्षभित्र खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याउने छौं ।”

तपाईको प्रतिक्रिया