
सन्तकुमार चौधरी
चितवन, कात्तिक २३ गते । शिक्षीत युवाहरुलाई लक्षित गरेर चितवनको सौराहामा तीन महिने निशुल्क कुक तथा वेटर तालिम सुरु भएको छ । चितवनको रत्ननगरस्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले आफ्ना उपभोक्तालाई स्वरोजगार बनाउने उद्देश्यले तालिम आयोजना गरेको हो ।
नेपाल सरकार र एशियाली विकास बैंकको अनुदान सम्झौताअनुसार सामुदायिक वनले आफ्नो कार्यक्षेत्रका पढेलेखेका युवाहरुलाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिमस्वरुप निशुल्क कुक तथा वेटर तालिमको आयोजना गरेको छ ।
सामुदायिक वनको आफ्नै सभाहलमा तालिम कार्तिक २३ गतेदेखि सुरुगरेको छ । बेरोजगार युवाहरुलाई तालिमले रोजगारी दिने तालिममा सहभागीहरुको विश्वास छ । यो तालिम कुकहरुको दोस्रो तहको तालिम हो । सिटीभिटीवाट समेत मान्यता प्राप्त हुने भएकाले सीप सिक्न स्थानीय युवाहरु सक्रिय भएर जुटेका छन् ।
स्थानीय सुनिता थापाले तालिम पछि आफुहरु स्वरोजगार बन्ने बताउनुभयो । उहाँ आफै एकजना होटल संचालिका समेत हुनुहुन्छ । सौराहाको होटल पार्क इनकी संचालिका सुनिता थापालाई यो तालिमपछि होटल संचालनकै लागि थप कुकको आवश्यक नपर्ने बताउनुभयो ।
यो पटक कुक तालिममा एसएलसी उत्तीर्णदेखि स्नातक गरेकाहरुले समेत सहभागीता जनाएका छन् ।
सामुदायिक वनका अध्यक्ष वीपी चौधरीकाअनुसार यसअघि एसएलसी दिएर बसेका विद्यार्थीलाई खालि समयमा अंग्रेजीका तयारी कक्षा, प्लम्बीङ सम्बन्धि तालिम, लेखा तालिम लगायतका दर्जनौं तालिमहरु वर्षेनी दिने गरेको छ ।
सर्टीफिकेटकै आधारमा मात्र रोजगारी पाउन समस्या भएपछि रोजगारीकै लागि भएपनि प्राविधिक ज्ञान लिन कुक तालिममा सहभागी भएको स्थानीय विना राउतले बताउनुभयो ।
सहभागीहरुलाई तालिम तथा रोजगार सेवा प्रदायक संस्था वल्र्ड लि जेसिएजी जे.भीका प्रतिनिधिहरुले प्रशिक्षण दिईरहेका छन् । तालिमले सीप विकासमा ठूलो सहयोग पु¥याउने प्रशिक्षक दुर्गा पौडेलले बताउनुभयो । अहिले कुक र वेटरमा बीस बीसजना प्रशिक्षार्थीहरु सहभागी छन् ।
यसरी सामुदायिक वनले आफ्ना उपभोक्ता लक्षित विभिन्न प्राविधिक सीप मुलक तालिमहरु दिएर स्वरोजगारको बाटो तर्फ उन्मुख गराईरहेको छ । सामुदायिक वनका अध्यक्ष वीपी चौधरीकाअनुसार यसअघि एसएलसी दिएर बसेका विद्यार्थीलाई खालि समयमा अंग्रेजीका तयारी कक्षा, प्लम्बीङ सम्बन्धि तालिम, लेखा तालिम लगायतका दर्जनौं तालिमहरु वर्षेनी दिने गरेको छ । तालिम लिएकाहरु अहिले मासिकरुपमा राम्रो आम्दानी गरेर स्वरोजगार बन्न सफल भएको चौधरीले बताउनुभयो ।




