थारु पत्रकारलाई साख जोगाउन हम्मे !

विचार (टिप्पणी)

सीताराम चौधरी

वि.सं. २०६६ साल बैशाख २ मा तात्कालिन नेपाल टेलिभिजनमा कार्यरत उदयपुरका पत्रकार जयप्रकाश चौधरीको नेतृत्वमा थारु पत्रकार संघ नेपालको पहिलो तदर्थ समिति गठन भएको थियो । केही समय पछि उनको निधन भयो । त्यसपछि २०६७ साल भाद्र १२ गते मूलधार मिडियामा कार्यरत पत्रकार लक्की चौधरी र कृष्णराज सर्वहारीको सक्रियतामा रेडियो नेपालको प्राङङ्गणमा अर्को बैठक बसी सो कार्यकालकी उपाध्यक्ष विनिता चौधरीको अध्यक्षतामा दोस्रो तदर्थ समिति गठन भयो । सो समितिमा लक्की चौधरी उपाध्यक्ष र सर्वहारी महासचिव    भए । सोही समितिले २०६७ चैत १६ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा विधिवत संस्था दर्ता गर्यो । सञ्चारमाध्यमबाट निकै पिछडिएका थारु समुदायको मुद्दा सधैं ओझेलमा पर्दै आएको थियो । थारु समुदायको मुद्दा उठान, थारु समुदायमा भएको मुद्दाहरु जो सधैं लुकेका थिए र लुकाइएका थिए त्यसलाई उजागर गर्ने हेतुले नै यो संस्थाको गठन भएको थियो । थारु समुदायमा पत्रकारको अभाव त्यसमाथि कोही कता त कोही कता भएकैकारण कुनै काम गर्न नसकेको तितो यथार्थ थियो । सबै थारु पत्रकारलाई गोलबद्ध बनाएर एउटै छातामुनि राखेर काम गर्न सजिलो हुन्छ भनेरै थारु पत्रकार संघ नेपालको गठन भएको हो । केही समयपछि जयप्रकाश चौधरीको असामयिक निधनपश्चात संस्था ओझेलमा पर्यो । भर्खर हुर्किन लागेको विरुवालाई निमोठेकैजस्तो भयो ।

बिनिताको कार्यकालसम्म मेन स्ट्रिममा काम गर्ने दुई चारजना पत्रकार बाहेक कोही थिएन । तर तात्कालिन उपाध्यक्ष लक्की चौधरीले राजधानीमा बसेर मेन स्ट्रिममा काम गर्ने सबै पत्रकारहरुलाई थारु पत्रकार संघ नेपालमा ल्याउने प्रयास गरे ।

जयप्रकाशनको निधनपछि बिनिता चौधरीलाई सर्वसम्मत थारु पत्रकार संघको नेतृत्वको जिम्मेवारी दिइएको थियो । नेतृत्वमा रहेको अध्यक्ष चौधरीको घमण्ड र दम्भकाकारण संघ निकै सुस्त गतिमा अगाडि बढेको थियो । संस्थाले जसोतसो दुई बर्ष कटायो । कमजोर नेतृत्वकै कारण खास कुनै गतिविधि गर्न सकेन । यद्यपी उनको नेतृत्व मोहकाकारण महाधिवेशन गर्न पटक पटक निर्णय भएपनि त्यसलाई बेवास्ता गर्दै आफैलाई सर्वेसवा ठानेर दुई वर्षे कार्यकालको संघको पहिलो अधिवेशन एकवर्ष ढिलोगरी तीन वर्षमा सम्पन्न भयो । निकै दवाबपछि महाधिवेशन त भयो तर निकै विवादितरुपमा । महाधिवेशनमा विनिताले संस्थाको सम्पूर्ण कागजात नयाँ कार्यसमिति लाई बुझाएनन् । आफ्नो दम्भ देखाउदै अधिवेशनमै नाङ्गो नाच देखाईन् । संघको हरहिसाव पनि दिएनन् । महाधिवेशन अवैधानिक भएको भन्दै संस्थाको कागजात लिएर भाग्दै थिईन् उनी । तर त्यसबेलाका महासचिव तथा निवर्तमान अध्यक्ष कृष्णराज सर्वहारीले केही कागजात बिनिताको हातबाट खोसे । तर लेटरप्याडबाहेक कागजात केही हात लागेन । यसरी पहिलो महाधिवेशन जेनतेन सफल भएको थियो । बिनिताको कार्यकालसम्म मेन स्ट्रिममा काम गर्ने दुई चारजना पत्रकार बाहेक कोही थिएन । तर तात्कालिन उपाध्यक्ष लक्की चौधरीले राजधानीमा बसेर मेन स्ट्रिममा काम गर्ने सबै पत्रकारहरुलाई थारु पत्रकार संघ नेपालमा ल्याउने प्रयास गरे । थारु पत्रकार संघलाई एउटा शुद्ध पत्रकारहरुको सञ्जाल बनाउने प्रयास स्वरुप अगाडि बढेको संघले अन्ततः आफ्नो सञ्जाल जिल्लामा फैलाउन सफल भयो ।

महाधिवेशन सफल त भयो तर नयाँ कार्यसमितिसंग थुप्रै चुनौती आइपरे । संघसँग संस्थाको कुनै आधिकारीक कागजात थिएन । नयाँ कार्यसमितिका सर्वहारीले आफूमाथि हातपात गरेको भनेर विनिताले जिल्ला प्रशासन कार्यालयमा उजुरी नै दिइन् । कहिले तारिख त कहिले संस्थाको नयाँ कागजात बनाउनमै लक्की चौधरीको कार्यकाल वित्यो । सबै कागजातको प्रतिलिपि निकाल्न एक वर्ष समय वित्यो । निकै प्रयासकाबीच संस्थालाई जोगाउने काम लक्की चौधरीले गरेका थिए । संस्था विघटन गर्ने प्रस्ताव पनि कसै कसैले गरेका थिए, तर उनले मानेनन् । उनको कार्य समितिमा रहेका सदस्यले पनि एकभएर साथ दिए । त्यहीबेला उपाध्यक्षको जिम्मेवारीमा थिए प्रदीप लेखी र कोषाध्यक्षमा थिए शैलेन्द्र चौधरी । कार्यसमितिको काँधमा ठुलो जिम्मेवारी त थियो नै ती कार्यसमितिका यी दुई अर्थात उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी पनि कम थिएन । सोे कार्यसमतिले दुई बर्षमा गर्नुपर्ने धेरै काम गर्यो । खाल्डोमा परिसकेको संघलाई जोगाएर अगाडि बढाउने काम सोही कार्यकालको समितिले गर्यो । जिप्रकामा हाजिरदेखि संस्थाको कागजात बनाउनमै अधिकांश समय बित्यो । यसरी नै विभिन्न आरोह अवरोह पारगर्दै यो कार्यसमितिको दुई बर्षे कार्यकाल सकियो । ठीक दुई बर्षपछि भाद्र २१ मा दोस्रो अधिवेशन भयो र अधिवेशनबाट तत्कालिन सल्लाहकार कृष्णराज सर्वहारीलाई लक्की चौधरीकै प्रस्ताव र जोडबलमा सर्वसम्मत अध्यक्ष बनाइयो । फेरि उपाध्यक्ष बसे प्रदीप लेखी । अध्यक्षका लागि नाइँनास्ती उनले गरेनन् । सहमति बन्छ भने पुनः उपाध्यक्ष बस्न तयार भए । आफूभन्दा सिनियरले भनेको सहर्ष स्वीकारे ।

तत्कालिन सल्लाहकार कृष्णराज सर्वहारीलाई लक्की चौधरीकै प्रस्ताव र जोडबलमा सर्वसम्मत अध्यक्ष बनाइयो । फेरि उपाध्यक्ष बसे प्रदीप लेखी । अध्यक्षका लागि नाइँनास्ती उनले गरेनन् ।

रोलक्रमअनुसार प्रदीप नै अध्यक्ष हुनुपर्ने थियो । तर सर्वहारीलाई एक कार्यकाल अध्यक्षमा उनले स्वीकार गरे । अर्को कार्यकालमा उनलाई अध्यक्ष बनाउने जेन्टलमैन एग्रिमेन्टजस्तै भएको थियो । सोहीअनुसार तेस्रो अधिवेशनमा प्रदीपले अध्यक्ष दावी गर्नु जायज थियो । मदन चौधरी सदस्यबाट एकैचोटी महासचिव बनेका थिए । उनको योगदान संस्थामा खासै देखिएको छैन । तथापि अहिले नयाँ कार्य समितिको अध्यक्षको जिम्मेवारीमा आएका छन् । आर्थिक पाटो निकै कमजोर थियो यो संस्थाको । जसमा आफ्नो पहँुचअनुसार प्रदीप र शैलेन्द्रले आर्थिक कोषकालागि दिनरात लागे । संस्थालाई कसरी हुन्छ अगाडि बढाउने मात्रै सोच्ने यी दुईजनाको हर प्रयासले संस्था यो अवस्थामा आइपुगेको भन्न सकिन्छ । शैलेन्द्र कोषाध्यक्ष हुँदा हिसाब किताबमा निकै होसियारी अपनाए । दुई कार्यकाल उनी कोषाध्यक्षमा नै बसे । यथार्थ कुरा तितो हुन्छ भन्छन्, तितै सही उसले सबैलाई खरो बोली प्रयोग गर्थे । हो यी सव गरे त केवल संस्था बचाउनका निमित्त । कृष्णराज सर्वहारीको कार्यकालमा पनि थारु पत्रकार संघ नेपाल घिस्रेरै अगाडी बढ्यो । खासै काम गर्न सकेन । विधान संशोधन गर्ने मुल मुद्दा थियो । तर त्यो काम पनि भएन । हुँदाहुँदा दोस्रो वर्षको संस्था समेत नविकरण हुन सकेन । त्यसैगरी उनले आफ्नो दुई वर्ष दुई महिना कार्यकाल विताए ।

थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिमा चारजनाले नेतृत्व गर्दा समेत आपसी सहमति र सर्वसम्मतमै नेतृत्व चयन भएको थियो । यही रोलक्रमलाई निरन्तरता दिन पुर्वजहरुले आवश्यकता पनि ठानेका थिए ।

अब शुरु गरौं तेस्रो महाधिवेशनको चर्चा । सर्वहारी नेतृत्व कार्यसमितिले नयाँ कार्यसमितिलाई तेस्रो महाधिवेशनमा सुम्पिने दिन नजिकिदै थियो । थारु पत्रकार संघ नेपालको केन्द्रिय कार्यसमितिमा चारजनाले नेतृत्व गर्दा समेत आपसी सहमति र सर्वसम्मतमै नेतृत्व चयन भएको थियो । यही रोलक्रमलाई निरन्तरता दिन पुर्वजहरुले आवश्यकता पनि ठानेका थिए । तर जब थारु पत्रकार संघ नेपालको तेस्रो महाधिवेशन नजिकियो, केही जिल्ला शाखाले सक्षमताको कुरा गर्दै स्विकारेनन् । भित्रभित्रै यो संस्थालाई राजनीतिक माहोलमा गाँज्न थाले । कसैले नसोचेको आरोप प्रत्यारोप लाग्न थाल्यो । यो पुर्विया र त्यो पश्चिमा भन्दै बहस चल्न थाल्यो । यसैबीच कार्तिक १८ गते सुनसरीको झुम्कामा तेस्रो महाधिवेशन गर्ने निर्णय भइसकेको थियो । केन्द्रिय कार्यसमितिमा यसपाली पनि सर्वसम्मत नै नेतृत्व चयन गर्नुपर्ने मोटामोटी सहमति भइसकेको थियो । कार्तिक १७ गते केन्द्रिय कार्यसमितिका सदस्य र केही साधारण सदस्यहरु तेस्रो महाधिवेशनमा भाग लिन बिहानै माइक्रो रिजर्भ गरेर सुनसरीतर्फ लागे । सबैमा उल्लास छाएको थियो । सवै बाटोभरि रमाईलो गर्दै बेलुका सुनसरीको झुम्का    पुगे । झुम्का पुगेसंगै खानपान र केहीबेरको छलफलपछि त्यस रात सबैजना सुतेका थिए । कार्तिक १८ सबैको नजरमा परेको थारु पत्रकार संघ नेपालको तेस्रो महाधिवेशन । बिहान सवै उठेर महाधिवेशनको तयारीमा जुटे । धुमधामकासाथ सुनसरीका विभिन्न संघसंस्था र जिल्ला शाखाबाट आएका पत्रकारहरु प्रभातफेरीमा निस्किए । प्रभातफेरीको सफलतासंगै उद्घाटनसत्र सुरुभयो । त्यो पनि भव्यताका साथ सम्पन्न भयो ।

त्यसपछि केही समयमै बन्दसत्रको तयारी हुन थाल्यो । तर बन्दसत्र शुरु नहुदै केही जिल्ला शाखाका साथीहरुले विभिन्न माग तेस्र्याउदै बन्दसत्र बहिष्कार गर्ने चेतावनी दिए । ती जिल्ला शाखाको मागलाई सम्बोधन गर्न केन्द्रिय कार्यसमितिले तुरुन्त बैठक बस्दै मागको सम्बोधन पनि गरेको थियो । सहमतिकाआधारमा सबै जिल्ला शाखाले बन्दसत्रमा भाग लिने भएपछि बन्दसत्र शुरुभयो । अधिवेशनकालागि केन्द्रबाट गएको सर्कुलर विपरित पुनः अधिवेशनस्थलमा अर्को माइन्यूत गर्नुपर्यो, जुन ठीक थिएन । थारु पत्रकार संघको तेस्रो महाधिवेशन सम्म आईपुग्दासम्म पनि चुनाव नभएको अब चुनाव हुने पक्कापक्कि भयो । कारण थियो केन्द्रिय कार्यसमितिमा सर्वसम्मत गर्ने निर्णय हुँदा पनि कसैले त्यसलाई नकोट्याउनु । अझ हालका अध्यक्ष मदन चौधरीले केन्द्रिय कार्यसमितिमा मौखिक भएका सहमतिका बुँदाहरु भुलेपछि चुनावी प्रकृयामा जान निर्वाचन मण्डल बाध्य भयो । अग्रजका कुरासमेत नमान्ने पत्रकारका कारण सहमतिको वातावरण विथोलियो र अन्ततः मतदान प्रक्रियामा जानुपर्यो ।

दुई कार्यकाल उपाध्यक्षमा बसेका प्रदिप लेखी अध्यक्षका प्रत्यासी र दुई कार्यकाल कोषाध्यक्षमा बिताएका शैलेन्द्र चौधरी सचिवका प्रत्यासी थिए । तर हारको स्वाद चाख्नुपर्यो । प्रदीप र शैलेन्द्र हारेको हो या थारु पत्रकार संघ नेपाल हारेको हो थुप्रै प्रश्नहरु उब्जिएका छन् ।

प्रदिप लेखी र शैलेन्द्र चौधरीको योगदानलाई सम्मान गरेर अगाडि बढेको भए अझ सबैको भावनाको कदर हुन्थ्यो । सबै क्षेत्रलाई राजनीतिक अखडा बनाउनु पर्छ भन्ने जरुरी छैन ।

सर्वसम्मत गर्नकै लागि दुई कार्यकाल उपाध्यक्षमा समय बिताउनु र एउटा सक्षम नेतृत्व बनाउन खोज्नु के प्रदिप लेखीको कमजोरी हो ? आफ्नो पालोमा अरुलाई समर्पण गर्नु अथवा त्यागको भावना देखाउनु के प्रदीपको दोष थियो ? कि पुर्व अध्यक्षहरुको बात मानेर कमजोर बनेको हो लेखी ? सर्वसम्मतको ढोङ रच्ने केन्द्रिय पदाधिकारीहरुले यसको जवाफ दिनुपर्छ कि पर्दैैन ? के पुर्व अध्यक्ष लक्की चौधरीले थारु पत्रकार संघ नेपाललाई एउटा विशुद्ध थारु पत्रकारको छाता संगठन बनाउने प्रयास गर्नु गल्ती थियो ? नयाँ कार्य समितिमा कतिजना विशुद्ध र व्यवसायीक पत्रकार छन् ? खोजीको विषय हो । दुई चार लेख लेख्दैमा पत्रकारको ट्याग भिडाउन के उपयुक्त हो ? जवाफ कसले दिने ? यदि समग्रमा हेर्ने हो भने एकजना प्रदिप र एकजना शैलेन्द्र हारेको जस्तो लाग्ला तर गहिरिएर हेर्ने हो भने पक्कै पनि थारु पत्रकार संघ नेपाल हारेको छ । मैले भन्न खोजेकोे उनीहरुको योगदानको कदापी कदर भएन । उनीहरुले संस्थालाई पु¥याएको योगदानलाई फोहोरको डुङगुरमा यसरी पछारियो कि कसैले टिप्नै नसकोस् । के प्रदिप लेखी र शैलेन्द्र चौधरी सधैं यसरी नै हारिरहने हो ? सक्षम हुँदाहुँदै पनि यसरी नै हराईरहने हो उनीहरुलाई । दुईबर्ष कार्यकाल उपाध्यक्षमा बिताएर अनि मात्रै सक्षम अध्यक्ष बन्छु र संस्थालाई राम्रोसँग दौडाउछु भनेर सोच्नु के प्रदीपको मुर्खता हो ?

मैले कसैमाथि पुर्वाग्रही भएर प्रश्नचिन्ह खडा गरेको होईन । यद्यपी हामीले कस्तो नेतृत्वलाई स्थान दिने भन्ने कुरा आफैले मनन गर्नेबेला आएको छ । मेरो भन्नु पनि यति होे, प्रदिप लेखी र शैलेन्द्र चौधरीको योगदानलाई सम्मान गरेर अगाडि बढेको भए अझ सबैको भावनाको कदर हुन्थ्यो । सबै क्षेत्रलाई राजनीतिक अखडा बनाउनु पर्छ भन्ने जरुरी छैन । जसले योगदान दिएको छ उसलाई सम्मान गर्न पनि जान्नुपर्छ । अन्तमा, यही भन्छु प्रदिप लेखी र शैलेन्द्रको योगदानलाई यतिकै विर्सिन मिल्दैन । उनीहरु हारेर पनि जिते । जय थारु पत्रकार संघ ।।

(लेखक संघका पूर्व महासचिव र वर्तमान सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया