चितवने गायक अमितसिंह चौधरीको गायन यात्रा फराकिलो बन्दै


सन्तकुमार चौधरी
चितवन, कात्तिक २६ गते । गायक अमितसिंह चौधरीले नेपाली चलचित्र “पसले” मा स्वर दिएका छन् । पसले चलचित्र छायांकनको तयारीमा छ । यो चलचित्रमा उनले दुईवटा गीतमा स्वर दिएका छन् । आईलभ यू…भन आई लभ यु बोलको गीत सँगै अर्का एउटा थारु भाषाकै गीतमा उनले स्वर दिएका हुन ।

चलचित्रमा थारु समुदायको परिवेश समेत देखाईने भएकाले सोही अनुसारको गीतमा गायक चौधरीले स्वर दिएका हुन । हाई मोर पैरी… बनवामा नाचे मजोर रे बोलको गीतमा आवाज दिएका छन् । यो दुवै गीतको शब्द तथा संगीत स्वयम् गायक चौधरीले नै दिएका हुन ।

गायक चौधरीलाई गायिका समिक्षा चौधरी र सपना तामाङ, नारायणी चौधरीले साथ दिएका छन् । राजेन्द्रकुमार अर्यालले निर्देशन गर्ने चलचित्रको छायांकन चितवन लगायत थारु समुदायका बस्तीहरुमा हुने बताइएको छ । नेपाली भाषामै बन्न लागेको चलचित्रमा थारु भाषाको गीत पनि समावेश गर्न लागिएको छ ।

चितवन सौराहा घर भएका गायक अमितसिंह चौधरीले यसअघि विवश, समय नामको चलचित्रमा आफ्नो स्वर दिइसकेका छन् । त्यो बाहेक सानो पर्दाका दुई दर्जन बढी भाषाभाषीका चलचित्रहरुमा आवाज दिएर पहिचान बनाएका छन् ।

चितवन सौराहा घर भएका गायक अमितसिंह चौधरीले यसअघि विवश, समय नामको चलचित्रमा आफ्नो स्वर दिइसकेका छन् । त्यो बाहेक सानो पर्दाका दुई दर्जन बढी भाषाभाषीका चलचित्रहरुमा आवाज दिएर पहिचान बनाएका छन् ।

आफ्नो एकल स्लो एल्बमको तयारीमा समेत रहेका गायक चौधरीले पसले चलचित्रमा गाएको गीत अत्याधिकले मनपराउने विश्वास व्यक्त गरे । गीतका शव्दसँगै संगीत पनि उत्तीकै कर्णप्रीय बनेकाले यो गीत अत्यधिक दर्शक, स्रोताले मनपराई दिनेमा उनी ढुक्क छन् ।

थारुहरुको जितिया पर्व वा अन्य महत्वपूर्ण चाडपर्वको बेला थारुहरुको भेषभुषा लगाएर हिन्दी गीतमा नाच्नेहरुकालागि पनि खुराक बन्नेमा उनी आशावादी छन् । मस्त नाच्न मिल्नेगरी गीत तयार भएकाले हिन्दी गीत विस्थापित गर्न आफ्नो गीतले महत्वपूर्ण भूमिका खेल्ने उनको दावी छ ।

तपाईको प्रतिक्रिया