थारु संस्कृति झल्काउने पाँचौ थारु खिचरा महोत्सवको तयारी शुरु


सन्तकुमार चौधरी
चितवन, कात्तिक २८ गते । चितवनमा पाँचौ थारु खिचरा महोत्सवको तयारी भइरहेको छ । प्रत्येक वर्ष पूर्वी चितवनमा आयोजना हुँदैआएको महोत्सव यो पटक पौष २८ गतेदेखि आयोजना हुने तयारी भएको आयोजकले बताएको छ ।

महोत्सव आयोजना गर्नकालागि थारु कल्याणकारिणी सभा क्षेत्र नं ७ का सभापति नारायण महतोको संयोकत्वमा महोत्सव व्यवस्थापन मुल समिति समेत गठन गरिएको छ । खैरहनी नगरपालिकाको वडा नं. ५, जबकौलीस्थित गौचरनमा यो पटक पनि महोत्सव आयोजना गरिने महोत्सव व्यवस्थापन मुल समितिका संयोजक नारायण महतोले जानकारी दिनुभयो ।

उहाँकाअनुसार महोत्सव सफल बनाउन विभिन्न उपसमितिहरु गठन भएका छन् । यो पटक महोत्सवमा थारु सांस्कृतिक हस्तकला निर्माण प्रतियोगीता, थारु सांस्कृतिक सामग्री प्रदर्शनी लगायत, थारुहरुको परम्परागत खानाका परिकारलाई उच्च प्राथमिकताकासाथ प्रस्तुत गरिने बताइएको छ ।

यो संगै अन्य व्यवसायीक स्टलदेखि बाल उद्यान लगायत अन्य सांस्कृतिक मनोरञ्जनात्मक गतिविधिलाई निरन्तरता दिने तयारी आयोजकको छ । अन्य गतिविधिहरुको विषयमा भने आन्तरिक छलफल र परामर्श जारी रहेको मुल समारोह समितिका संयोजक महतोले जानकारी दिनुभयो ।

यो पटक खिचरा महोत्सव अवलोकनका लागि प्रवेश शुल्क भने निर्धारण भइसकेको छैन । आगामी शनिवार पुन बैठक बसेर प्रवेश शुल्क निर्धारण गरिने टिकट व्यवस्थापन समितिका संयोजक दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

मेलालाई व्यवस्थित र प्रभावकारी बनाउन आर्थिक व्यवस्थापन समिति, प्रचार प्रसार समिति, स्टल व्यवस्थापन समिति, समन्वय समिति, शोभायात्रा व्यवस्थापन समिति, कृषि परिसर व्यवस्थापन समिति, सुरक्षा व्यवस्थापन समिति, मञ्च व्यवस्थापन समिति, टिकट व्यवस्थापन समिति, प्रविधि व्यवस्थापन समिति, सांस्कृतिक व्यस्वस्थापन समिति, थारु सांस्कृतिक प्रदर्शनी व्यवस्थापन समिति, खानेपानी व्यवस्थापन समिति, सरसफाई व्यवस्थापन समिति, पार्कीङ्ग व्यवस्थापन समिति, आन्तरिक लेखा व्यवस्थापन समिति, शैक्षिक तथा खेलकुद व्यवस्थापन समिति लगायत ३१ वटा विभिन्न उपसमिति गठन भएका छन् ।

पाँचौ खिचरा महोत्सवको तयारी सँगै स्टल बुकिङ्गका लागि सचिवालय समेत खुल्ला गरिएको छ । सचिवालय खुल्ला भएसँगै व्यवसायिक स्टल बुकिङ हुनेक्रम सुरु भइसकेको छ । यो पटक खिचरा महोत्सव अवलोकनका लागि प्रवेश शुल्क भने निर्धारण भइसकेको छैन । आगामी शनिवार पुन बैठक बसेर प्रवेश शुल्क निर्धारण गरिने टिकट व्यवस्थापन समितिका संयोजक दीपेन्द्र चौधरीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया