दाङमा थारु कलाकारहरुको बृहत सांस्कृतिक कार्यक्रम गर्ने तयारी


नविन चौधरी
दाङ, कात्तिक २९ गते । दाङका थारु कलाकर्मीहरुले आगामी मंसिर २ गते घोराही उपमहानगरपालिका–१४ झिङगौरामा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएकाछन् ।

गायक शालिकराम चौधरीको अध्यक्षतामा बसेको थारु कलाकर्मीहरुको बैठकले सो कार्यक्रम गर्ने निर्णय गरेको हो । थारु कलाकार संघ दाङको आयोजनामा हुने कार्यक्रममा दाङका सबै कलाकर्मीहरुको सहभागिता तथा बेजोड प्रस्तुती रहने बताइएको छ ।

साथै थारु भाषा, कला, संस्कृति संरक्षणकालागि मौलिक गीत, नाच प्रस्तुती रहने आयोजकले बताएको छ । बैठकपछि गायक रोशन रत्गैयाँले उक्त कार्यक्रमका लागि तिव्र तयारी भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो जिल्ला बाहिर रहेका कलाकर्मीहरु आउनेक्रम जारी छ र अन्य जिल्लाबाट आएका कलाकारहरुको पनि प्रस्तुति रहने छ । त्यस्तै, सो कार्यक्रमका लागि आर्थिक संकलन गर्न सबै थारु कलाकर्मीहरु आफ्नो तर्फबाट लागिरहेको उहाँले जानकारी दिनुभयो ।

हराउँदै गएको थारु भाषा, कला, संस्कृति संरक्षणकालागि थारु कलाकार संघ दाङले सांस्कृतिक कार्यक्रम गर्न लागेको जनाएको छ । थारु जातिमा विभिन्न किसिमका गीतवाँस, नाच, भेषभुषा भए तापनि संरक्षणको अभावमा लोप हुदैगएको छ ।

हराउँदै गएको थारु भाषा, कला, संस्कृति संरक्षणकालागि थारु कलाकार संघ दाङले सांस्कृतिक कार्यक्रम गर्न लागेको जनाएको छ । थारु जातिमा विभिन्न किसिमका गीतवाँस, नाच, भेषभुषा भए तापनि संरक्षणको अभावमा लोप हुदैगएको छ । त्यसैले हामी यो अभियान सुरु गरेका हौ सांस्कृतिक कार्यक्रमका संयोजक लक्ष्मिमान चौधरीले बताउनुभयो ।

अब हामी थारु कलाकार एकजुट भइसकेका छौ, थारु कलाकार पनि धेरै भइसकेका छौ त्यसैले मौलिक संस्कृतिको संरक्षणमा हाम्रो महत्वपुर्ण भुमिका रहने छ उहाँले भन्नुभयो । सो बैठकमा थारु पत्रकार संघ दाङका सचिव नविन चौधरी, थारु विद्यार्थी समाज दाङका अध्यक्ष मानविर चौधरी, प्रकाशप्रिय कुसुम्या, नविन दहित, नायिका अन्जु चौधरी भिमकान्त चौधरी लगायतले बोल्नुभएको थियो ।

त्यस्तै सो कार्यक्रमको मिडिया पार्टनर लौव अग्रासन साप्ताहिक पत्रिका रहेको छ भने सह–आयोजकको रुपमा थारु पत्रकार संघ दाङ र थारु विद्यार्थी समाज रहेको छ ।

तपाईको प्रतिक्रिया