
सन्तोष दहित
घोराही, कात्तिक ३० गते । थारु आन्दोलनका युवा नेता तेजमान चौधरी नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ । घोराही उपमहानगरपालिका १६ पछुर्कामा आयोजित विशाल चुनावीसभामा चौधरीलाई एमालेका स्थायी कमिटिका सदस्य तथा दाङ क्षेत्र नं. २ (क) का बाम गठबन्धनका उम्मेदवार शंकर पोख्रेलले टीका र माला लगाएर प्रवेश गराउनुभयो ।
चौधरी थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य तथा पाँच नं. प्रदेशकका संयोजक समेत रहेकाथिए । करिब ७ महिना अगाडी थरुहट तराई पार्टीका विजयकुमार गच्छदारको पार्टिमा एकिकरण भएपछि उनि रुष्ट भएकाथिए । थारु कल्याणकारिणी सभा दाङका सभापति समेत रहेका चौधरी थरुहट क्षेत्रका बलियो तथा चर्चित नेताको रुपमा चिनिनुहुन्छ ।
‘थारु समुदायको अधिकारलाई सुनिश्चत गर्न र संस्थागत गर्न एमाले पार्टीमात्र सक्षम भएकोले मैले एमाले रोजेको हुँ ।’
एमालेमा प्रवेश गर्दै चौधरीले थरुहट आन्दोलनमा भएका उपलब्धलीलाई संस्थागत गर्नलाई एमालेमा प्रवेश गरेको बताउनुभयो । उहाँले भन्नुभयो,–‘थारु समुदायको अधिकारलाई सुनिश्चत गर्न र संस्थागत गर्न एमाले पार्टीमात्र सक्षम भएकोले मैले एमाले रोजेको हुँ ।’
सोहि क्रममा पाँच नम्बरको प्रस्तावित मुख्यमन्त्री समेत रहनुभएका पोखरेलले थारु समुदायको अधिकारलाई सुनिश्चत्ता गर्ने पार्टी एमालेमात्र भएको बताउँदै थप अधिकार प्राप्तका लागि र थारु समुदायको जीवनस्तरलाई परिवर्तन गर्नकालागि बाम एकता भएको बताउनुभयो ।




