थारु केन्द्रीत हमार पहुरा डट कम न्यूज पोर्टल तेस्रो वर्षमा प्रवेश


काठमाडौं, मंसिर १ गते । थारु तथा आदिबासी जनजाति समाचारलाई केन्द्रीत गरी शुरु गरिएको नेपाली र थारु भाषाको पहिलो अनलाईन हमार पहुरा डट कम शुक्रबार बाट तेस्रो वर्षमा प्रवेश गरेको छ ।

२०७२ मंसिर १ गतेदेखि न्यूज पोर्टलकोरुपमा शुरुभएको अनलाईन पत्रिका हमार पहुरा डट कमले पाठकको माया र सहयोगबाट यो अवस्थामा आइपुगेको छ । थारु समुदायको समाचारलाई विश्वव्यापी बनाउने र सत्तामा भएकाहरुलाई थारुको मुद्दा सम्बोधनमा दवाव दिने लक्ष्यलिएर अनलाइन शुरु भएको हमार पहुरा डट कम परिवारले बताएको छ ।

अनलाइनलाई अझ परिस्कृत र व्यवस्थित बनाउन थारु समुदायको सहयोग र पाठक, शुभेच्छुकहरुको निरन्तर शुभेच्छाको खाँचो रहेको हमार पहुरा डट कम परिवारले भनेको छ ।

२०६३ वैशाख १ गतेबाट कैलालीको धनगढीबाट शुरुभएको हमार पहुरा अर्ध साप्ताहिक पत्रिका २०६४ साउन १ देखि दैनिकमा रुपान्तरण भएको थियो । सोही पत्रिकाको अनलाइन संस्करणकोरुपमा आएको हमार पहुरा डट कमले थारु समुदायसहित अन्य पाठकको ध्यान तान्न सफल भएको छ । विश्व सूचना प्रविधिमा फडको मारिरहेका बेला थारु मुद्दालाई केन्द्रीत गरी अनलाइन निकै कम सञ्चालनमा छन् ।

पाठकको चाहना र मागलाई सम्बोधन गर्नेगरी अनलाइन संस्करण शुरु गरिएको हमार पहुरा डट कमलाई अझै आगामी दिनमा व्यवस्थित र परिस्कृत गरेर अगाडि बढ्ने सो अनलाइनका प्रबन्धक रामलाल चौधरीले बताउनुभयो । पाठकको चाहनाअनुसार खुराक अझै दिन नसकेको भएपनि धेरै हदसम्म थारु मुद्दाको समाचार पस्किन सफल भएको अनलाइनका निर्देशक तथा सम्पादक लक्की चौधरीले बताउनुभयो ।

अनलाइनलाई अझ परिस्कृत र व्यवस्थित बनाउन थारु समुदायको सहयोग र पाठक, शुभेच्छुकहरुको निरन्तर शुभेच्छाको खाँचो रहेको हमार पहुरा डट कम परिवारले भनेको छ ।

तपाईको प्रतिक्रिया