
सप्तरी, मंसिर ३ गते । सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार बन्नुभएका बहालवाला खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले आफ्नो क्षेत्रमा कोही प्रतिस्पर्धी नभएको दावी गर्नुभएको छ ।
हमार पहुरा डट कमसँग संक्षिप्त कुरा गर्नुहुँदै उहाँले त्यस्तो दावी गर्नुभयो । उम्मेदवार त मजस्तै १४ जना छन्, तर प्रतिस्पर्धा हुनेखालका कोही छैनन, उहाँले भन्नुभयो । यसअघि पनि सो क्षेत्रबाट आफूले निर्वाचन जितेको र विकास निर्माणको काम गरेर जनताको विश्वास जितेकाले कुनै अप्ठेरो नरहेको उहाँले तर्क गर्नुभयो ।
चौधरीसँगै सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका मोहम्मद इस्लाम टक्कर दिने देखिएको छ । सो क्षेत्रमा मुसलमानको मतसंख्या पनि धेरै रहेकाले जातीय मत इस्लामले ल्याउने आँकलन स्थानीयको छ ।
निर्वाचन क्षेत्र ४ को दक्षिणी भागमा केही गा.वि.स.मा विद्युत पुर्याउन बाँकी रहेकाले जनताको माग विद्युतको रहेकाले अव आफू निर्वाचित भएपछि सो कामलाई प्राथमिकता दिने चौधरीले बताउनुभयो । दुई चार ठाउँमा पुल, कल्भर्ट बनाउन बाँकी छ, त्यो कामलाई पनि प्राथमिकतामा राखेको छुँ उहाँले बताउनुभयो ।
आफू भ्रष्टाचार विरोधी व्यक्ति भएकाले जनताको पक्षमा डटेर काम गर्ने भन्दै उहाँले घरदैलो गर्दा जनताको साथ र माया पाइरहेको तर्क गर्नुभयो । हमार पहुरासँग कुरागर्दै चौधरीले भन्नुभयो, “दलित वस्तीमा अशिक्षा, बेरोजगारीका कारण गरिबी व्याप्त छ, त्यो समस्या समाधानका लागि पनि मेरो पहल रहन्छ ।”
चौधरीसँगै सो क्षेत्रमा वाम गठबन्धनको तर्फबाट एमालेका मोहम्मद इस्लाम टक्कर दिने देखिएको छ । सो क्षेत्रमा मुसलमानको मतसंख्या पनि धेरै रहेकाले जातीय मत इस्लामले ल्याउने आँकलन स्थानीयको छ । त्यस्तै, राजपाबाट पूर्वमन्त्री मृगेन्द्रकुमार सिंहले उम्मेदवारी दिएका छन् । उनले पनि राम्रो मत ल्याउने बुझाई स्थानीयको छ ।




