विमला चौधरी
नेपालगञ्ज, मंसिर ४ गते । बाँके राप्ती सोनारी गाउँपालिका ३ का विश्वसागर परियार थारु लोक पप गायनतर्फ आकर्षित हुँदैगएका छन् । सुगम जिल्लाको दुर्गम क्षेत्रमा जन्मेका परियार फिल्मी क्षेत्रबाट गायनक्षेत्रमा लागेको एक बर्ष न बित्दै आधा दर्जनबढि थारु लोक पपगीत बजारमा ल्याउन सफल भएका छन् ।
अनलाइन अइहो हो छैली फेसबुकमा च्याट करवी, गोल गप्पा जैसिन तोहार गुलावी ऊ गाल, तु मोर ज्यान ज्यान हो तु मोर प्राण हो, जुग्नी चम्के रातमे लगायतका आधा दर्जन गीतबाट चर्चा कमईसकेका परियारले भर्रखरै म्यूजीक भिडियो सहितको फ्लाईङ कीस बजारमा ल्याएका छन् । थारु बस्तीमा आजभोली गायक परियारकै गितहरु गुन्जने गरेकाछन् ।
थारु गायनलाई आफ्नै शव्द, लय र स्वरमा धमाधम गीत निकालिरहेका परियार नयाँ मोडल तथा नयाँ पुस्तालाई लक्षित गरेर गायनलाई अगाडि बढाउने सोच रहेको बताउँछन् । उनी भन्छन् ‘युवा लक्षित गीतमात्र ल्याएकोबारे गुनासो पनि आउने गरेको छ, अब थारु परम्परागत गीतको खोजीमा छु, परम्परागत गीत निकाल्न पनि खासै अप्ठेरो नपर्ला’ । गीत मात्र होईन उनी पछिल्लो अवस्थामा आफ्नै कथा र निर्देशनमा एउटा थारु फिल्मको तयारीमा रहेको पनि बताएकाछन् ।
भन्छन् ‘युवा लक्षित गीतमात्र ल्याएकोबारे गुनासो पनि आउने गरेको छ, अब थारु परम्परागत गीतको खोजीमा छु, परम्परागत गीत निकाल्न पनि खासै अप्ठेरो नपर्ला’ ।
परियारले यसअघि दुईवटा थारु फिल्ममासमेत मुख्य कलाकारको भुमिका निर्वाह गरिसकेका छन् । थारु फिल्म बन्दीदी र प्रेमके बस्तिमे अभिनय गरिसकेका गायक परियार अव भने नितान्त कम्लहरीहरुको कथाब्यथा समेटिएको फिल्म निर्माण गर्ने सोंच बनाएको बताए ।
थारुगाउँमा जन्मेहुर्केका गायक परियार थारुभाषा र संस्कृतीलाई आसाध्यै मायाँ गर्ने बताउँदै भन्छन् ‘थारुकै कोखबाट जन्मेको भए अझै आफूलाई भग्यमानी ठान्ने थिएँ ’ । युवायुवतीले मन पराउनेखाले अझै ३ वटा गीत तयारी अवस्थामा रहेको परियारले बताए ।
एकचो लभ यु कहो यी ज्यान टुँहार हो, आगे आगे मोटर बाईक पाछे पाछे मोटर कार, यी लवन्डी म्वार हो ना जिस्काउन यार, मिनी स्कटवाला छैली पलट्क हेरो दैदेउ एक चम्मा लगायतको गीत बजारमा ल्याउने तयारी रहेको उनले बताए ।