थारु कलाकारको दमदार प्रस्तुती, संस्कृती संरक्षणमा ध्यान दिन आग्रह


नविन चौधरी
दाङ, मंसिर ४ गते । दाङका चर्चित थारु कलाकारहरुले आफ्नो दमदार प्रस्तुति दिएका छन् । दाङको घोराहीमा आयोजित सांस्कृतिक कार्यक्रममा कलाकारले संस्कृति संरक्षणमा ध्यान दिन सबैमा आग्रह गरे ।

गायक शालिकराम चौधरीको “सालीहो बर्को छाँयाले” रोशन रत्गैयाँको “बरा बरा मुर्घा” प्रकाशप्रिय कुसुम्याको “पान्सुपारी कुटुक्कै” खेम चौधरीको “लभहोगिल”लक्ष्मिानचौधरीको “अइलो सालीबइठो गोनरीम”लगायतका गितले कार्यक्रम स्थल उल्लासमय भएको थियो भने दर्शक नाच्दै भरपुर मनोरञ्जन लिएका थिए ।

थारु कलाकार संघ दाङको आयोजनामा घोराहीस्थित झिङगौरामा भएको बृहत सांस्कृतिक कार्यक्रममा थुप्रै कलाकालहरुले पनिविशेष प्रस्तुती दिएका थिए । धेरै लामो समयपछि थारु कलाकारहरु एउटै मञ्चबाट प्रस्तुती दिदाँ दर्शक नै मन्चमा ओर्लिएका थिए ।

कार्यक्रममा थारु तथा नेपाली गित पनि प्रस्तुत गरिएको थियो भने मौलिक थारु नाचले पनिदर्शकलाई छुट्टै आनन्दको अनुभुति प्रदानगरेको थियो । थारु चलचित्रमा क्रियाशील मोडल तथा नायक, नायिका नविन दहित, ममता चौधरी, अस्मीता चौधरी, महेश चौधरीले पनि आफ्नो दमदार प्रस्तुति दिएका थिए । थुप्रै थारु चलचित्रमा पनि स्वर दिइसकेका कलाकारहरुको सहभागिता तथा प्रस्तुतीरहेको थियो ।

त्यस्तै थारु लोककला, संस्कृती संरक्षणमा कलम चलाईरहेका साहित्यकारहरुले पनि गजल, मुक्तक, कथा, कविताहरु प्रस्तुत गरेको थिए । रुपन्देहिदेखि दाङका कलाकर्मीहरुको सहभागिता रहेको सो कार्यक्रममा संख्यात्मकरुपमा हेर्दा दर्शकहरुको बाक्लो उपस्थिती रहेको थियो ।
सांस्कृतिक कार्यक्रमका संयोजक शालिकराम चौधरीको अध्यक्षता तथा घोराही उपमहानरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ने बक्ताहरुले थारु संस्कृति संरक्षणका लागि अब थारु कलाकर्मीहरु नै एकजुट भएर लाग्नुपर्ने बताए ।

त्यस्तै कार्यक्रमका प्रमुख अतिथि चौधरीले थारु कला, संस्कृती, भाषा, भेषभुषा थारु समुदायले बिर्सदै गएको बताए । “अझै पनि थारु समुदायका आर्थिक रुपान्तरण नभएको उल्लेख गर्दै उनले भने, थारु संस्कृतीको संरक्षण संगै अब व्यावसायिक रुपमापनि आउन जरुरी छ । थारुसंग धेरै सीप, क्षमता छ अब त्यसलाई व्यावसायिकरण गरेर अगाडी ल्याएमात्र थारुहरुको विकास संभव रहेको उनले बताए ।

उनले आफु उपमहानगरपालिकाको प्रमुख भएर संस्कृति संरक्षण तथा दाङको विकासकालागि विभिन्न योजनाहरु ल्याएको बताए । त्यस्तै उनले थारु कलाकारहरुलाई थारु संस्कृतिको जगेर्ना हुनेखालका विभिन्न कार्यक्रम तथा अन्तरक्रिया गर्न सुझाए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि सोगतवीर चौधरीले अहिलेको अवस्थामा थारु संस्कृति, भेषभुषा, कलालोप भएतापनि थारुहरुको पहिचान थारु भाषा रहेको बताए । थारुहरुले भेग्वा लगाउन छोडेपनि भाषाले थारुहरुको पहिचानलाई कहिलेपनि लोप हुन नदिने कुरा उल्लेख गरे । उनले अहिलेको संघिय राज्यव्यवस्थामा थारुहरुको विकासकालागि विभिन्न योजनाहरु ल्याउनुपर्ने बताउँदै भुइह्यारथानलाई संरक्षण गर्न राज्यको अहमभुमिका रहेको समेत बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले थारु जातिको भाषा, कला, संस्कृति संरक्षणकालागि पत्रकारीताको माध्यमबाट आफु पैरवी गरिरहेको बताए । जुनसुकै ठाउँमापनि थारु जातिको उत्थानका लागी मेरो अहमभुमिका रहेको छ अझ यसलाई व्यवस्थित गर्न म लागीपर्ने छु, उनले भने ।

कार्यक्रममा थारु संस्कृति संरक्षणका अगुवा चन्द्रप्रसाद चौधरी, केवि चौधरी, छविलाल कोपिला, श्रीराम चौधरी, वडाअध्यक्ष शक्तिराम डाँगी, रुपा चौधरी, पार्वती चौधरी, लब्लीन क्यान्भास लगायतले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रमको सन्चालन गायक लक्ष्मिमान चौधरीले गरेका थिए ।

थारु कलाकार संघमा शालिकराम चौधरी
त्यस्तै थारु कलाकार संघ दाङको भेलाले शालिकराम चौधरीको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । जसको बरिष्ठ उपाध्यक्षमा लक्ष्मिमान चौधरी, उपाध्यक्षमा बसन्ती चौधरी, महासचिवमा रोशन रत्गैयाँ, सचिवमा राजेन्द्र चौधरी, कोषाध्यक्षमा रुपा चौधरी, सदस्यहरुमा नविन दहित, विष्णु कुसुम, पार्वती चौधरी, रुद्र चौधरी, ममता चौधरी, रवि चौधरी लगायत रहनु भएको छ ।

त्यस्तै संचार संयोजकको रुपमा नविन चौधरीलाई मनोनित गरिएको छ भने सदस्यहरुमा लालु चौधरी, सबिता चौधरी, सबि चौधरी र शिबहरी चौधरी रहनु भएको छ । सल्लाहाकारमा केबी चौधरी, माधव चौधरी, छविलाल कोपिला, प्रकाश प्रिय कुसुम्या, चन्द्रप्रसाद चौधरी रहनुभएको छ भने कानुनी सल्लाहाकारमा रामशरण चौधरी रहनुभएको छ ।

तपाईको प्रतिक्रिया