
दिनेश ठकुल्ला
धनगढी, मंसिर ५ गते । बाम गठबन्धनका उम्मेदवारहरु कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न स्थानमा चुनावी सभा तथा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।
गठबन्धनले क्षेत्र ५ को प्रदेश सभा क्षेत्र १ का विभिन्न ठाउँमा चुनावी भेला तथा प्रदेश सभा क्षेत्र २ मा मतदाता भेटघाटका लागि घरदैलो कार्यक्रम गरेको हो ।
बाम गठबन्धनका प्रतिनिधिसभाका लागि क्षेत्र नं ५ का साझा उम्मेद्वार नारदमुनी रानाले धनगढी उपमहानगरपालिका ७ को मनेहरा शिविरको दुई स्थानमा चुनावी सभालाई सम्बोधन गर्नुभयो ।
उक्त सभामा शिविरमा भलमान्सा घनश्याम चौधरी, रामप्रसाद चौधरी, अमर चौधरी लगायत २१ जना काग्रेस, राप्रपा परित्याग गरेर एमालेमा प्रवेश भएका छन् । वडा नम्बर ३ विशालनगरको त्रिवेणीचौक, पथरी गाउ, हरैया गाउ, कैलाली गाउ, मनेहरामा चुनावी सभा तथा घरदैला कार्यक्रम गरिएको छ ।

उर्मा गाउको शान्ति टोलमा आयोजना गरिएको घरदैलो कार्यक्रममा राप्रंपाका पशुपति पार्की लगायतका नेताहरु एमालेमा प्रवेश भएका छन । चुनावी कार्यक्रममा रानासगै प्रदेश १ का उम्मेद्वार नेपालु चौधरी लगायत बाम गठबन्धनका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
यस्तै, प्रदेश सभा २ अन्तरगत घुडसुवा, बासखेडा, विजुलिया, करपटट, बेला लगायतका स्थानमा चुनावी सभा, घरदैलो कार्यक्रम गरिएको छ । वाम गठबन्धनबाट प्रतिनिधि सभा क्षेत्र २ का उम्मेदवार रमेश धामीलगायत माओवादी–एमालेका नेता, कार्यकर्ता घरदैलो कार्यक्रममा सहभागि भएका थिए ।




