ट्रयाक्टर र जीप एकापसमा जुध्दा दुईजना थारुको मृत्यु, चार घाइते


दाङ, मंसिर ६ गते । राति दाङमा भएको सवारी दुर्घटनामा परी दुईजना थारुको ज्यान गएको छ। घोराही लमही सडक खण्डको झिंनीमा ट्रयाक्टरमा बलेरो जिप ठोकिँदा दुई जनाको मृत्यु भएको हो ।

रा २ त १२८२ नम्बरको ट्रयाक्टर र ना ३ त ११८६ नम्बरको बलेरो जिपसँग ठोकिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रयाक्टर चालक घोराही उपमहानगरपालिका ३ बस्ने ३२ वर्षका कलवीर चौधरी र जिपमा सवार घोराही १३ का १२ वर्षका अर्पण चौधरी रहेका छन् ।

दुर्घटनामा ४ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ। घाइतेहरुको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जिल्लाबाहिर लागिएको प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया