
कुलदिप चौधरी
सुनसरी, मङ्सिर ७ गते । सुनसरीको रामधुनि झुम्कामा द फ्रेन्डसीप युथ ग्रुपको पहलमा पहिलो पटक रामधुनी छापा खानाको स्थापना भएको छ ।
उपभोक्ताहरुको मागलाई मध्येनजर गर्दै रामधुनी छापाखानाले पहिलो पटक नयाँ प्रविधिको छपाइका लागि छापाखाना ल्याएको बताएको छ । रामधुनी नगरपालिकाका आसपासका गाउँटोलहरुको प्रमुख सहर झुम्का बन्दै गएकोहुँदा उपभोक्ताहरुको आवश्यकतालाई मध्येनजर गर्दै छापाखाना ल्याइएको बताइएको छ ।
कार्यक्रमलाई समबोधन गर्दै रामधुनी उधोग बाणिज्य संघका अध्यक्ष सगेन चौधरीले निर्माणधिन शहरमा क्रमिकरुममा ब्यपार व्यवसाय फस्टाउँदै गएको बताउनुभयो । नयाँ सौगातले रामधुनीबासि सेवाग्राहीहरुलार्इ सेवा पुर्याउने उद्देश्यले ल्याएको छापाखानाले पनि विकासका लागि टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
बजार व्यवसायलाई अझ व्यवस्थित बनाउन मेरो पहल र प्रयास सधै साथ रहने छ चौधरीले वाचा गर्नुभयो । त्यसैगरी कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रिय सदस्य कुलदिप चौधरी, रामधुनी एफ एम का स्टेशन मेनेजर नवीन चौधरी लगायत विभिन्न संघ सस्थाका प्रतिनिधिहरुले धन्यवाद दिनुकासाथै कार्यकालको शुभकामना दिनुभएको थियो ।
नयाँ सौगातले रामधुनीबासि सेवाग्राहीहरुलार्इ सेवा पुर्याउने उद्देश्यले ल्याएको छापाखानाले पनि विकासका लागि टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
सो कार्यक्रम रामधुनी छापाखानाका तदर्थ समितिका अध्यक्ष दिनेश चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो । सनिल चौधरीले स्वागत मनत्वय दिनु भएको कार्यक्रममा छापाखानाको सफलताको शुभकामना वक्ताले दिएका थिए ।
रामधुनि छापा खानामा जम्मा १२ जनाको तदर्थ समिती रहेको छ । जसमा क्रमशः अध्यक्ष दिनेस चौधरी, उपाध्यक्ष बिनोदकुमार चौधरी, सचीव नवीनकुमार चौधरी, सचिब देवराज चौधरी, कोषाध्यक्ष सुनिलकुमार चौधरी रहेका छन । त्यस्तै, सदस्यहरुमा श्रवण चौधरी, नारायण, राजदेब, प्रभाकर, अशोक, जनक चौधरी र राजेन्द्र धामी रहेका छन् ।




