
गोकर्ण पौडेल
दाङ, मंसिर ८ गते । चुनावी अभियानकाक्रममा घोराही उपमहानगरपालिका १४ पुग्नुभएका एमाले नेता शंकर पोखरेललाई ८० वर्षिय गणेशप्रसाद रोकामगरले मुख्यमन्त्री बन्नू भनेर शुभकामना दिनुभएको छ ।
चुनावी भेटघाटका क्रममा पुग्नुभएका पोखरेललाई मगरले आफ्नै शैलीमा भन्नुभयो, ‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ, घरमै भेट्न आयौ, भावी मुख्यमन्त्री भएको देख्ने रहर छ ।’ दाङ बनाउनका लागि तिमी जत्तिको सक्षम नेता मैले यहाँ देखेको छैन’ मगरले भन्नुभयो ।
‘तिम्रा बारेमा धेरै कुरा सुनेको थिएँ, घरमै भेट्न आयौ, भावी मुख्यमन्त्री भएको देख्ने रहर छ ।’ दाङ बनाउनका लागि तिमी जत्तिको सक्षम नेता मैले यहाँ देखेको छैन’ मगरले भन्नुभयो ।
आफू जागिरको क्रममा भारतमा रहँदा पनि त्यहाँको मुख्यमन्त्रीसँग नजिक भएर काम गरेको स्मरण गर्दै मगरले भन्नुभयो, ‘तिमी जितेर गएपछि केपी वली र प्रचण्डले मुख्यमन्त्री बनाउने भनेका छन् रे, सुनेको छु । तिमीले जित्यौ भने मात्र दाङको विकास हुन्छ भन्ने आशा म पनि राखेको छु उहाँले खुशी व्यक्त गर्नुभयो । तिम्रा नेता झलनाथ, माधव नेपालसँग पनि मैले भेटेको छु’ रोकामगरले भन्नुभयो ।
मगरजस्तै, डाँगीगाउँका निलकण्ठ केसीले समेत पोखरेललाई मुख्यमन्त्री बनेको हेर्ने इच्छा भएको बताउनुभयो । लामो समयसम्म राष्ट्रिय जनमोर्चामा रहेर काम गर्नुभएका केसी पोखरेललाई जिताउन भन्दै हालै एमालेमा प्रवेश गर्नुभएको थियो ।




