स्थानीय स्तरको काम प्रभावकारी बनाउने भन्दै स्थानीयसभाको बैठक


अन्जना जिन्गुनी
दाङ, मंसीर ८ गते । स्थानीय तहको सेवालाई प्रभावकारी बनाउने उद्देश्यसाथ गठित रामपुर स्थानिय सभाको बैठक रामपुरमा सम्पन्न भएको छ ।

रामपुर स्थानिय सभाका संयोजक जहेन्द्र चौधरीको अध्यक्षता तथा घोराही वडा नं २ का अध्यक्ष केशव आचार्यको प्रमुख आथित्यमा बैठक सम्पन्न भएको थियो । बैठकमा बोल्दै आचार्यले आफ्नो वडा कार्यालय अन्तर्गत पर्ने सम्पुर्ण सेवा क्षेत्रलाई प्रभावकारी बनाउन सबैसँग सम्पर्क तथा समन्व गर्दैजाने प्रतिवद्धता जनाउनुभयो ।

अहिले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा बिभिन्न समस्या तथा सवालहरु देखिएकाले सेवालाई प्रभावकारी बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । ग्रामीण महिला उत्थान केन्द्र दाङ र एफ.एच.आई ३६० को सहकार्य तथा यु.एस.ए.आई.डीको आर्थिक सहयोगमा सञ्चालित पारस्परीक जवाफदेहिता परियोजना अन्तर्गत स्थानिय सभा गठनगरिएको थियोे ।

ग्रामीण महिला उत्थान केन्द्र दाङ र एफ.एच.आई ३६० को सहकार्य तथा यु.एस.ए.आई.डीको आर्थिक सहयोगमा सञ्चालित पारस्परीक जवाफदेहिता परियोजना अन्तर्गत स्थानिय सभा गठनगरिएको थियोे ।

जसमा, वडा कार्यालयका जनप्रतिनिधि, वडा नागरीक मञ्चका संयोजक, नागरिक सचेतना केन्द्र्रका संयोजक, महिला संजाल, दलित संजाल, जनजाति संजाल, शिक्षक, बाल क्लवहरुको सहभागिता रहेको छ । बैठकमा शिक्षा, स्वास्थ्य, कृषी तथा जोखिम न्युनिकरणको क्षेत्रमा भएको समस्या तथा सेवा प्रवाह प्रणालीको बारेमा छलफलगरिएको थियो ।

सहभागीहरुले पनि आफ्नो क्षेत्रका समस्या प्रस्तुत गरेका थिए । बैठकको सहजिकरण पारस्परीक जवाफदेहिता परियोजनाका संयोजक नविन चौधरीले बैठकको विषयमाथि प्रवेश गराउनु भएको थियो भने बैठको सहजिकरण भिमकान्त चौधरीले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया