शान्ता चौधरीले भनिन्– कम्युनिष्टलाई जिताए सुत्केरी भत्ता थपिन्छ


सन्तोष दहित

दाङ, मंसिर ९ गते । नेकपा (एमाले) की वैकल्पिक केन्द्रीय सदस्य एवं प्रतिनीधिसभाकी समानुपातिक उम्मेदवार शान्ता चौधरीले कम्युनिष्ट सरकार बन्ने बहुमत भएमा आगामी सरकारले सुत्केरी भत्ता थप गर्ने बताउनुभएको छ ।

घोराही ४ र १७ वडाको संयुक्त बामगठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो कुरामा जोड दिनुभयो । जसरी विगतमा कम्युनिष्ट सरकारले बृद्धबृद्धाहरुको लागि बृद्धाभत्ता कार्यक्रम ल्याइयो, त्यसैगरी अहिले कम्युनिष्टको बहुमतको सरकार आयो भने प्रत्येक सुत्केरी दिदीवहिनीहरुको लागि पाँच हजार सुत्केरी भत्ताको व्यवस्था गर्छौं, उहाँले भन्नुभयो ।

सुत्करी भएपछि धेरै दिदीवहिनीहरु पोषिलो खानेकुरा खान पाउनु भएको छैन, आफु कम्जोर भएसंगै बालबच्चाहरुलाई समेत कुपोषण भइरहेकोले त्यसलाई रोक्नका निम्ती पनि यो सुत्केरी भत्ता आवश्यक भएको उहाँले बताउनुभयो ।

सुत्करी भएपछि धेरै दिदीवहिनीहरु पोषिलो खानेकुरा खान पाउनु भएको छैन, आफु कम्जोर भएसंगै बालबच्चाहरुलाई समेत कुपोषण भइरहेकोले त्यसलाई रोक्नका निम्ती पनि यो सुत्केरी भत्ता आवश्यक भएको उहाँले बताउनुभयो ।पहिले काँग्रेसले कम्युनिष्टको सरकार आयो भने ६० बर्षका बृद्धबृद्धाहरुलाई गोली हानी हत्या गर्छन भनि भ्रम फैलायो, अहिले कम्युनिष्टको सरकार आयो भने रुन पनि पाइदैन भनि भ्रम फैलाइरहेको बताउदै चौधरीले अबको कम्युनिष्टको सरकार बन्यो भने देशमा आर्थिक समृद्धि आउने दावी गर्नुभयो ।

‘नेपाली जनताले कम्युनिष्ट सरकार आयो भने कस्तो काम गर्छ भनि बुझिसेकाछन्, त्यो मैले बताइरहनुपर्दैन, उहाँले भन्नुभयो, मनमोहनको पालामा ९ महिने सरकार हुँदा बृद्धभत्ता, आफ्नो गाउँ आफै बनाउ, गाउँ गाउँमा विकासका कार्यक्रम ल्याइएको थियो । केपि ओली नेतृत्वको सरकारको पालामा ९ महिने सरकार हुदाखेरी बृद्धभत्तालाई दोब्बर बनाएर देशलाई समृद्ध बनाउने अभियान शुरुभएको छ, भन्दै उहाँले थप्नुभयो, प्रचण्ड नेतृत्वको ९ महिने सरकारमा लोडसेडिङ मुक्तको अभियान चलेको छ ।

‘यो वाम गठबन्धको चुनाब जित्नको लागि मात्र होइन, देशलाई तिब्र गतिमा विकास गर्न र नेपाली जनताको जिवनमा परिवर्तन गर्नलाई हो’ चौधरीले भन्नुभयो ।

अब देशको समग्र विकासको लागि र स्थायी सरकार बनाउनको निम्ती अहिले बाम गठबन्धन भएको तर्क गर्नुभयो । ‘यो वाम गठबन्धको चुनाब जित्नको लागि मात्र होइन, देशलाई तिब्र गतिमा विकास गर्न र नेपाली जनताको जिवनमा परिवर्तन गर्नलाई हो’ चौधरीले भन्नुभयो ।

यसैगरि नेकपा (माओवादी केन्द्र) की केन्द्रीय सदस्य प्रतिनीधि संघकी समानुपातिक उम्मेद्वार रेखा शर्माले अहिलेको बामगठबन्धन चुनाब जित्नको लागि मात्र नभई पार्टि एकिकरणको लागि भएको बताउनुभयो । चुनाब अगावै पार्टी एकिकरणमा ढिलाई हुने भएकोले चुनाबसम्म बाम गठबन्धन बनेको हो, र चुनाव पछि पार्टी एकिकरण हुने उहाँले जानकारी दिनुभयो ।

‘हामीले राजनीतिक उपलब्धी हासिल गरिसेका छौ, दलित, जनजाति, महिला तथा पछाडी पारिएका बर्गहरुको अधिकारलाई पनि कानुनमा उल्लेख गरिसकेका छौ, भन्दै शर्माले भन्नुभयो, ‘त्यसलाई कार्यान्वयन र देशको स्थायित्क विकासकालागि बाम गठबन्धन गरिएको हो ।  घोराही उपमहानगरपालिका वडा ४ का वडासदस्य जुद्धबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा २ का समानुपातिक उम्मेदवार दिलकुमारी घर्ति, घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौघरी, घोराही १८ का वडा अध्यक्ष भरत अर्याल लगायतले बोल्नुभएकोथियो ।

तपाईको प्रतिक्रिया