सुनसरी ३ का जनताले भन्दैछन्, ‘गच्छदारभन्दा भगवती नै अब्बल’


सुनसरी, मंसिर १० गते । सुनसरी क्षेत्र नं. ३ मा एमाले नेतृ भगवती चौधरी र कांग्रेसबाट विजयकुमार गच्छदारबीच कडा टक्कर देखिएको    छ । सो क्षेत्रका मतदाताले गच्छदारलाई पटक पटक जिताएकाले यस पटकको अब्बल उम्मेदवार भगवती चौधरी रहेको तर्क गरेका छन् ।

दशैंअघि सुनसरीको दुहवीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले विजयकुमार गच्छेदारलाई यसपाली चुनावमा क्षेत्र परिवर्तन गर्न सुझाव दिनुभएको थियो ।

उहाँले भन्नुभएको थियो– ‘गच्छेदारजी मेरो साथी हुनुहुन्छ साथीलाई मैले सहि सल्लाह दिनुपर्छ, यसपटक सुनसरी ३ मा नउठ्नुहोला । अरुतिरबटै उठनुस् । सुनसरी ३ मा जुन लहर आएको छ त्यसवाट भगवती चौधरीले जित्ने प्रष्ट भइसक्यो ।’

तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदार त्यही डरले कांग्रेसमा फर्केर निर्वाचनमा होमिनुभयो । अहिले उहाँ नेपाली काँग्रेसको तर्फवाट सुनसरी ३ को उमेदवार हुनुहुन्छ । सुनसरी ३ बाटै वामपन्थी गठवन्धनको तर्फवाट नेकपा एमालेकी भगवती चौधरीले उहाँलाई कडा टक्कर दिइरहनुभएको छ ।

सुनसरी ३ गच्छदारले पटक पटक जित्दै आएको क्षेत्र हो । यस क्षेत्रका जनताले जिताएका एकैजना प्रतिनिधिले २२ औं बर्षसम्म देशको नीतिगत र निर्णायक तहमा उपस्थिति जनाए पनि आर्थिक, सामाजिक र भौतिक विकासका दृष्टिले पारिलो घाम लाग्न नसकेको ठाँउ हो ।

नेकपा एमाले वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्व वन राज्यमन्त्री चौधरीको दावी छ– ‘हार्ने डरले कभर लिन गच्छदार काँग्रेस प्रवेश गर्नु भएको हो । तर, सुनसरी क्षेत्र नम्वर ३ का जनताले परिवर्तन विकास र सम्वृद्धि चाहेका छन् । त्यसैले मेरो जीत यसपाली सुनिश्चित छ ।’

सुनसरी ३ गच्छदारले पटक पटक जित्दै आएको क्षेत्र हो । यस क्षेत्रका जनताले जिताएका एकैजना प्रतिनिधिले २२ औं बर्षसम्म देशको नीतिगत र निर्णायक तहमा उपस्थिति जनाए पनि आर्थिक, सामाजिक र भौतिक विकासका दृष्टिले पारिलो घाम लाग्न नसकेको ठाँउ हो । त्यसैले यसपाली सुनसरी क्षेत्र नं. ३ का मतदाताले भन्दैछन्, गच्छदार भन्दा महिला नेतृ भगवती चौधरी नै अब्बल हो ।

को हुन् भगवती ?
आदिवासी जनजाति थारु समुदायको मध्यम वर्गीय किसान परिवारमा ४६ वर्ष अघि भगवती चौधरीको जन्म भयो । सुनसरी जिल्ला औरावनी गा.वि.स. वार्ड नं. ३ मा वाजे कुमहरलाल चौधरी, बुवा बिरणलाल चौधरी र माता लिटियादेवी थरुनी चौधरीको कोखवाट सातौं सन्तानकोरुपमा उहाँको जन्म भएको थियो ।

उहाँका दाङ जिल्ला सोनपुर गा.वि.स. नरती गाँउका यूवा सामाजिक अगुवा दिनेश चौधरीसँग २०५१ सालमा स्टेज म्यारिज भयो । दुर्घटनामा परेर २०६४ सालमा श्रीमानको निधन भयो ।

भगवती चौधरीका वुवा समाजसेवी हुनुहुन्थ्यो । उहाँले गाँउमा श्री सरस्वती माध्यमिक विद्यालय स्थापना गर्नुभएको थियो । त्यहि विद्यालयमा चौधरीले अध्ययन गर्नुभएको थियो ।

सुनसरीको तत्कालीन औरावनी गाविसमा त्यो वेला छोरीलाई स्कुल पढाईंदैनथ्यो । तर भगवती चौधरी स्कुल जानुभयो । उहाँ स्कुल गएको देखेर धेरैले छोरीलाई स्कुल पठाउन थाले । थारु समूदायकी छोरी भगवतीले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभयो । समाजसेवा र राजनीतिमा सकृय वन्नुभयो ।

अहिले थारु समूदायमा सन्तान हुनु त भगवतीजस्तो भन्ने गर्छन् धेरैले । भगवती थारु समूदायमा मात्र होइन, स्पष्ट दृष्टिकोण र त्यो दृष्टिकोणलाई कार्यावन्यन गरी समाज रुपान्तरण गर्नसक्ने देशकै अब्बल नारीमा गनिनुहुन्छ ।

थारु समूदायकी महिलाले संचालन गरेको फरवार्ड कम्यूनिटी माइक्रो फाइनान्स वित्तीय संस्थामा देशभरका सवा दुईलाख महिला आवद्ध   छन् । उहाँले घ वर्गको वैंकको नेतृत्व गरिरहनुभएको छ ।

जनताको जीवनस्तर कसरी उकास्न सकिन्छ ? महिला, वालवालिका र पछाडी पारिएका समूदायलाई आर्थिकरुपमा सवल वनाउन के गर्नु पर्छ ?  त्यसको स्पष्ट योजना भगवती चौधरीसँग छ ।

भगवति चौधरी विपन्न जनताको जीवनस्तर परिवर्तन गराउन सक्षम ब्यक्ति हो भन्ने कुरा उहाँले सञ्चालन गरेको सस्थाले लाखौं लाख ब्यक्तिको जीवनस्तरमा सुधार ल्याएर प्रमाणित गरिसकेको छ ।

जनताले पटक पटक मत दिएर पठाए गच्छदारलाई । देशले पटक पटक मन्त्री, उपप्रधानमन्त्रीसम्म बनायो उहाँलाई । तर पनि यो क्षेत्रका प्रतिनिधिवाट सुनसरी क्षेत्र नम्वर ३ ले केहि पाउन सकेन । स्वयं गच्छदारकै गाँउमा एउटा पनि मावि स्कुल नहुनु त्यस्को ज्वलन्त उदाहरण हो ।

हिजोसम्म के खाँउ र के लाँउ भन्ने परिवार आज ब्यवसायी वनेको छ । २० औं जनालाई रोजगार दिन सक्ने ब्यवसायी वनेको छ । उहाँ सुनसरी क्षेत्र नम्वर ३ को विकास, प्रगति र सम्वृद्धिकालागि सदैव लागिपर्ने यो क्षेत्रको छोरी त हो नै, अव यो क्षेत्रवाट जितेर देशकै छोरी वन्न चाहनुहुन्छ । आफनो स्पष्ट दृष्टिकोणका कारण समाज परिवर्तन गर्न चाहनुहुन्छ । जनताको आंगनमा खुसी र अनुहारमा मुस्कान ल्याउन चाहनुहुन्छ ।

जनताले पटक पटक मत दिएर पठाए गच्छदारलाई । देशले पटक पटक मन्त्री, उपप्रधानमन्त्रीसम्म बनायो उहाँलाई । तर पनि यो क्षेत्रका प्रतिनिधिवाट सुनसरी क्षेत्र नम्वर ३ ले केहि पाउन सकेन । स्वयं गच्छदारकै गाँउमा एउटा पनि मावि स्कुल नहुनु त्यस्को ज्वलन्त उदाहरण हो ।

यो क्षेत्रका जनताले कच्ची वाटोमै हिंडनु पर्ने तीतो यर्थाथ छ । यत्तिका वर्षमा पनि दक्षिणतिरका वाटोघाटो किन पिच हुन सकेनन् ? जनताले यो प्रश्नको जवाफ खोजेका छन् ।

भगवती चौधरीसँग सुनसरी ३ लाई देशकै नम्वर १, उदाहरणीय र नमूना क्षेत्र वनाउने स्पष्ट योजना छ, सपना छ । जसले यो क्षेत्रको कायापलट गर्न सक्छ । उहाँ गच्छदारभन्दा योग्यताले पनि अगाडि हुनुहुन्छ । गच्छदार स्नातक पढेका छन् भने भगवतीले स्नातकोत्तर गर्नुभएको छ ।

भनिन्छ, दुख वाँडे आधा हुन्छ, खुसी वाँडे दोब्बर । सुनसरी क्षेत्र नम्वर ३ की छोरी भगवती चौधरी सधैं यहि क्षेत्रका जनताको साथमा हुनु हुन्छ । यो क्षेत्रले जिताएर पठाएका प्रतिनिधिको अत्तोपत्तो नहुँदा गत साउनमा आएको वाढीकोवेला आफनो प्रतिकूल स्वास्थ्यका वावजुद पनि भगवती जनताको दुःख वाँडेर लिन जनताको घरदैलोमा पुग्नुभयो ।

जन्मभूमि सुनसरी क्षेत्र नम्वर ३ को विकास र सम्वृद्धिकालागि चौधरीसँग स्पष्ट दृष्टिकोण र ठोस योजना छ । ती योजना कार्यावन्यनका लागि उहाँ यो क्षेत्रका जनताको प्रतिनिधि वन्न चाहनुहुन्छ ।

वाढीले आक्रान्त जनताको पीडामा मल्हम लगाउन अहोरात्र खट्नुभयो । वाढी पीडितलाई आफनो ब्यक्तिगत र संस्थागत तर्फवाट सक्दो सहयोग गर्नुभयो । यो क्षेत्रका जनताले खुसीको अवसरमा होस् या दुखका वेला होस् भगवती चौधरीकै साथ पाएका छन् । सामाजिक अभियन्ता र राजनीतिक नेतृत्वकारुपमा उहाँले कैयौं देशको भ्रमण गर्नुभएको छ । ती देशहरुको सम्वृद्धि कसरी सम्भव भयो, त्यसको अध्यन गर्नुभएको छ ।

अन्तर्राष्ट्रियस्तरका सभा, सम्मेलन र सेमिनारमा सहभागि हुनुभएको छ । सामाजिक राजनीतिक आर्थिक अध्ययन तथा अनुभवकालागि अमेरिका, चीन, अष्टेलिया, इण्डोनेशिया, सिंगापुर, मकाउ, हडकड, वंगलादेश, स्पेन, फ्रान्स, लक्जम्वर्ग, स्वीटजरल्याण्ड, थाइल्याण्ड, मलेशिया, भियतनाम, वोलिभिया, व्राजिल लगायतका देश पुग्नुभएको छ । बिभिन्न क्षेत्रवाट सम्मान, प्रशंसा र कदरपत्र समेत प्राप्त गर्नुभएको छ ।

आफनो जन्मभूमि सुनसरी क्षेत्र नम्वर ३ को विकास र सम्वृद्धिकालागि चौधरीसँग स्पष्ट दृष्टिकोण र ठोस योजना छ । ती योजना कार्यावन्यनका लागि उहाँ यो क्षेत्रका जनताको प्रतिनिधि वन्न चाहनुहुन्छ ।

यो क्षेत्रलाई विकास र सम्वृद्धिको यात्रामा अघि वढाउन उहाँलाई प्रदेशसभा क को उमेदवार लिलम वस्नेत र ख का उमेदवार रामदेव यादवजस्ता जुझारु ब्यक्तिहरुको दर्विलो साथ छ । उहाँहरुको उमेदवारी क्षेत्र नम्वर ३ का जनताको लागि अवसर हो । यसलाई सदुपयोग गरेर जानुपर्छ ।

(चक्रपथ डट कम बाट)

तपाईको प्रतिक्रिया