
लखन चौधरी
धनगढी, मंसिर १० गते । बुलेटबाट समाज परिवर्तन गर्न हिडेका कैलारी गाउँपालिका–५ गोबरैलाका ४४ वर्षिय पूर्व सांसद वीरमान चौधरीलाई हाल चुनावी चटारो छ । जनताले आफूलाई जिताए गाउँठाउँको आर्थिक विकासमा केन्द्रीत हुने उनको प्रतिवद्धता छ ।
मंसिर २१ गते हुने प्रदेश सभा सदस्य निर्वाचनको लागि कैलाली क्षेत्र नम्बर ३ (क) बाट प्रत्यक्ष्त तर्फ उम्मेदवारी दिएका उनी आजभोलि जनताको घरदैलोमा भोट माग्न व्यस्त छन् ।
उनी भन्छन्–‘चुनाव नजिकियो खाना, बस्न, सुत्नको कुनै ठेगान छैन । जहाँ रात हुन्छ, त्यहि सुतिन्छ, त्यही खाइन्छ ।’लामो समय बुलेट तथा हतियारसंग खेलका उनको हातमा आजभोलि कलम र डायरी छ ।
शैन्य कमाण्डमा रहने र फौजीमाझ लोकप्रिय उनी आजभोलि कार्यकर्ता र जनतामाझ रुचाइएका छन् । उसो त, उनी १० वर्षे सशस्त्र द्वन्द्वपछि अर्थात २०६३ सालको विस्तृत शान्ति सम्झौतापछि संसदीय राजनीतिमा सक्रिय भएका छन् ।
मुलुकमा व्याप्त वेरोजगारीकोकारण कुनै समय भारतको गल्ली–गल्ली काम खोज्दै हिड्थे उनी । गाडीको पार्टपूर्जा बनाउने फलामे फ्याक्ट्रीमा काम गर्थे । फुर्सदकोबेला देशमा व्याप्त वेरोजगारी, पछौटेपन र उद्योगतिको विकासलाई मनन गर्न पुग्थे । त्यसैबेला सुरुभएको नेकपा माओवादीको जनयुद्ध नै वीरमान चौधरीको संघर्षको टर्निङ पोइन्ट’ हो ।
फलतः बेरोजगार यूवा जीन्दगी, बम, बारुद, बुलेटको यात्रा पारगर्दै ब्यालेटका यात्रामा क्रियाशिल छन् । उनी भन्छन्–‘आफुहरुको पुस्तौ–पुस्ताले पाएको दुःख, पीडा, गरिबी, अशिक्षा, पछौटेपनको निकासको लागि धेरै सघर्ष गर्नुपरेको छ, अझै धेरै गर्न बाँकी छ । त्यसैको लागि पनि हालको निर्वाचनमा मेरो उम्मेदवारी हो ।’
‘कैलारी गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापना गर्र्न, भजनीको बहुमुखी क्याम्पसको स्तर बृद्धिगर्र्र्न, भजनीमा ३० र कैलारीमा १५ शैयाको अस्पताल बनाउने, डुवान प्रभावित क्षेत्रलाई व्यवस्थित गर्ने सोच छ ।’
अबसर मिले आफ्नो क्षेत्रको मुहार फेरेर देखाई दिने उनको अठोट छ । आफ्नो विकासको एजेण्डा सुनाउदै उनले भने–‘कैलारी गाउँपालिकामा बहुमुखी क्याम्पस स्थापना गर्र्न, भजनीको बहुमुखी क्याम्पसको स्तर बृद्धिगर्र्र्न, भजनीमा ३० र कैलारीमा १५ शैयाको अस्पताल बनाउने, डुवान प्रभावित क्षेत्रलाई व्यवस्थित गर्ने सोच छ ।’
कृषि क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर किसानको हितमा काम गर्र्न, उद्योगको स्थापनामा ध्यान दिन, सडकको स्तरबृद्धि गर्र्र्ने, विद्युतीकरण गर्र्ने, बढैपुर हसुलिया, हलमानपुर लालबोझी, भजनी सुखड सडकलाई व्यवस्थित बनाउने एजेण्डा रहेको बताउँदै उनले विगतमा पनि आफुहरु विभिन्न विकास योजनाको लागि विशेष पहल गरेको दावी गरे ।
उनी माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिनेमध्येका वरिष्ठ नेतामा पर्छन् । जुनकारण उनलाई प्रदेश सभामा मुख्यमन्त्रीको प्रबल दावेदार र पार्टीको नेतृत्व गरेर जाने नेताकोरुपमा लिने गरिएको छ ।
को हुन् वीरमान ?
जीवन संघर्षको क्रममा उनी २०५१ सालमा कामको खोजीमा भारत पसेका थिए । उनी भारतको जम्मु कस्मिरस्थित गाडीको पार्टस बनाउने उद्योगमा काम गर्थे । त्यहिबेला भारतमै नेकपा माओवादीको विभिन्न संगठनको नेतृत्व पंक्तिमा आए ।
जीवन संघर्षको क्रममा उनी २०५१ सालमा कामको खोजीमा भारत पसेका थिए । उनी भारतको जम्मु कस्मिरस्थित गाडीको पार्टस बनाउने उद्योगमा काम गर्थे ।
उनी तीन महिना नगरसचिव, एरिया कमिटी सचिवालय सदस्य हुँदै २०५६ सालमा स्वदेश फिर्ता भए । नेकपा माओवादीको सशस्त्र द्वन्द्व चलिरहेको त्यो बेलामा उनी एरिया कमिटी सचिव हुँदै जनमुक्ति सेनाको महाकाली सह–कमाण्डर बनेका थिए ।
त्यतिबेला नै पार्टीको पूर्णकालीन सदस्य बनिसकेका उनी २०५७ मा कञ्चनपुर जिल्ला कमिटी सदस्य तथा २०५७ देखि २०५९ सम्म बझाङको इञ्चार्ज भएका थिए ।
लामो समय सशस्त्र संघर्षमै बिताएका उनी २०६१ सालमा लालसेनाको राजनीतिक आयुक्त २०६२ सालमा उक्त सेनाको बटालियन कमिसार पनि भए ।
२०६२÷६३ को जनआन्दोलनपछि माओवादी पार्टीको कैलाली–कञ्चपुर जिल्ला सेक्रेटरी भएर काम गरेका उनी २०६४ को संविधानसभा निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र नम्बर ३ बाट सभासदमा निर्वाचित भए । उक्त निर्वाचनमा उनी आफ्नो निकटतम प्रतिद्वन्द्वी राप्रपाका मोहनराज मल्ललाई १३ हजार २३९ फराकिलो मतले पराजित गरेका थिए । उनी जम्मा १९ हजार ७७२ मत ल्याएका थिए । २०७० सालमा पार्टीको केन्द्रीय सदस्य बनेका उनी २०७२ सालदेखि माओवादी केन्द्रको पोलिटब्युरो सदस्य छन् ।




