तितोसत्य सिरियल बन्द


काठमाडौँ, मंसिर १ गते । चर्चित नेपाली हाँस्य टेली शृङखला ‘तितो सत्य’ को प्रशारण बन्द भएको छ । ‘तितो सत्य’ निर्माता कम्पनी मिडिया हब र निर्देशक दीपकराज गिरी बीच टेली शृङ्खला बन्द गर्ने सहमति भएपछि ‘तितो सत्य’ प्रशारण नहुने भएको हो ।

१२ वर्ष अघिदेखि प्रायः नियमितजसो प्रशारण हुँदै आएको तितो सत्य पछिल्ला दिनमा पुनःप्रशारण हुँदै आएको छ । पुराना अंक प्रशारण गर्दा दर्शकमा नकारात्मक प्रभाव परेको भन्दै औपचारिक रुपमै तितो सत्य बन्द गर्ने निर्णय भएको निर्देशक तथा कलाकार दिपकराज गिरीले जानकारी दिनुभयो ।

निर्माता कम्पनी मिडिया हबले कालाकारलाई लाखौँ रुपैयाँ बराबरको पारिश्रमिक दिन बाँकी रहेको बताइएको छ ।

‘निर्देशक तथा कलाकार गिरीले तितो सत्य बन्द गर्नुपर्दा आफूलाई दुःख लागेको बताउनुभयो । । ‘विभिन्न समस्याका बीच दर्शकहरुको चाहनालाई सम्बोधन गर्न नसकिएको अवस्थालाई विचार गर्दा, जबरजस्ती कार्यक्रमलाई टिकाई रहनुभन्दा पछाडि हट्नु नै उपयुक्त ठानेर यात्रालार्इ पूर्ण बिराम दिने निर्णय गरेको उहाँले बताउनुभयो ।

16

तपाईको प्रतिक्रिया