
सुनिल चौधरी
झुम्का, मंसिर १२ गते । थारुको मागमुद्दालाई सम्बोधनकालागि भएको थरुहट आन्दोलनमा पुर्वबाट नेतृत्व गरेका सुनसरी क्षेत्र नं. २ का प्रतिनिधि सभाकालागि प्रत्यक्षतर्फ तेजनारायण चौधरी र नुनुलाल चौधरी चुनावी मैदानमा होमिनुभएको छ ।
दुवै उम्मेदवार पहिचान पक्षधरहरुको भोटले बिजय हुने दावी गर्दैआउनु भएको छ । तेजनारायण चौधरी संघीय समाजवादी फोरम नेपाल र नुनुलाल चौधरी (स्वतन्त्र) बाट उम्मेदवारी दिनुभएको छ ।
दुवै उम्मेदवारको दावी गर्नु स्वभाविक नै रहेको छ किनभने यस क्षेत्रमा आदिवासी जनजातीहरुको बाहुल्यता रहेको छ । सुनसरी क्षेत्र नं २ मा रामधुनी नगरपालिका वडा नं. १, २, ३, ५, ८, ९, इटहरी उपमहानगरपालिका वडा नं. १, २, ३, ४, ५, १६, १७, १८, १९, २०, इनरुवा नगरपालिका वडा नं. १, २, ५, ६, ९, १०, हरिनगररा गाउँपालिकाको वडा नं. ३ र देवानगञ्ज गाउँपालिका समेटिएका छन् ।

क्षेत्र न. २ मा कुल मतदाता संख्या १ लाख ३० हजार ७ सय ३३ रहेको छ । जसमध्ये थारुको मतसंख्या लगभग ३० हजार रहेको छ । ठूला राजनीतिकदलले पनि यस क्षेत्रमा थारुको निर्णायक मत रहेकाले थारु सघन बस्तिमा प्रचार प्रसार केन्द्रित गरिरहेका छन् ।
सो मतको दावि गर्दै दुवै थरुहट नेता तेजनारायण र नुनुलाल एक आपसको प्रतिस्पर्धामा छन् । थारु कल्याणकारी सभा सुनसरीले थारु उमेदवारसँगको अन्तरक्रियामा दुवैनेता सहभागी रहेका सो कार्यक्रममा तेजनारायण चौधरीले स्वतन्त्रका उम्मेदवार नुनुलालले मलाई सघाए सुनसरी क्षेत्र नं. २ बाट एउटा थरुहटनेताको जित सुनिश्चत हुने दावी गर्नु भयो ।
करिब २० हजारको हाराहारीमा रहेको थारु मतदाता लगायत गैरथारु मत आफनो पक्षमा आइसकेको तेजनारायणले दावी गर्दै नुनुलालले मात्रै सघाए जित हुने बताए ।
करिब २० हजारको हाराहारीमा रहेको थारु मतदाता लगायत गैरथारु मत आफनो पक्षमा आइसकेको तेजनारायणले दावी गर्दै नुनुलालले मात्रै सघाए जित हुने बताए ।
नुनुलालले पनि सम्मानजनक मतको अपेक्षा गर्दै मलाई आएको मत थारु मुद्दा उठानका लागि दिएको भन्दै त्यो मत नै भबिषयकालागि जितको नेतृत्व गर्ने बताए । जितको दावी गरिरहेका तेजनारायणलाई जवाफ दिदै नुनुले भने, जितको सहि मुल्याङ्कन गरे सघाउने प्रतिबद्धता जनाए ।
सांगठनीक हिसाबले ठूलादलमा थारुहरुको सहभागीताले जित दावी गर्नु उचित नभएको जवाफ पर्काउँदै उनीहरुलाई समेट्न सके आफु सघाउन तयार रहेको बताए । नुनुलाल फोरम लोकलान्त्रिक नेपाल पार्टिको सहायक महासचिवको रुपमा रहेका थिए ।
पहिचान र उत्पीडनबर्गको अधिकार ठूला दलले छोडि सकेकाले स्वतन्त्र उम्मेदवारलाई मतकालागि नुनुलालले अनुरोध गरेका छन् । दुबै नेता आफु थारु मुद्दा शसक्तकालागि उम्मेदवारी दिएको भन्दै गाउँ गाउँमा प्रचार प्रसार तिब्र बनाएका छन् ।




