बारा या पर्सालाई राजधानी बनाउने बाम गठबन्धनको प्रतिवद्धता


दुष्यन्त चौधरी
बारा, मंसिर १३ गते । बारा या पर्सालाई यस प्रदेशको राजधानी बनाउने भन्दै बाम गठबन्धनका साझा उम्मेदबारले आफूलाई विजय बनाउन आव्हान गर्नुभएको छ । बाराको जितपुर सिमरा १ को सिमरामा संयुक्त घरदैलो कार्यक्रममा उहाँहरुले त्यस्तो बताउनुभयो ।

घरदैलो कार्यक्रम एमालेका नेता एवम प्रतिनिधि सभा बारा क्षेत्र नम्बर ४ का बामगठबन्धनका साझा उम्मेदबार देबनारायण चौधरी, प्रदेस सभा ४ (क) का उम्मेदबार सुन्दर बिकको नेत्रृत्वमा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै एमाले बाराका अध्यक्ष एवंम प्रदेस सभा ४(क) का उम्मेदबार सुन्दर बिकले बर्तमान कांग्रेसको सरकारले बिरगञ्जलाई प्रदेसको राजधानि नतोकेर गल्ति गरेको बताउनु भयो ।

घरदैलो कार्यक्रममा एमाले केन्द्रिय सदस्य दिनेस राई, जितपुर सिमराका मेयर कृष्ण पौडेल, एमाले बाराका प्रचार बिभाग प्रमुख मनोज पौडेल, माओबादी केन्द्रका बारा संयोजक क्षेत्रबहादुर श्रेष्ट, राजन पौडेल, प्रेम बराल, एमाले नेता अमृतलाल श्रेष्ट,कृष्ण खनाल, हिरा बस्नेत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै एमाले बाराका अध्यक्ष एवंम प्रदेस सभा ४(क) का उम्मेदबार सुन्दर बिकले बर्तमान कांग्रेसको सरकारले बिरगञ्जलाई प्रदेसको राजधानि नतोकेर गल्ति गरेको बताउनु भयो ।

उहांले बिरगञ्ज वा बारा, पर्सालाई प्रदेसको राजधानि बनाउने अभियानमा आफुहरु रहेको हुनाले बाम गठबन्धनलाई बिजय गराउन आग्रह गर्नु भयो ।

तपाईको प्रतिक्रिया