काठमाडौं क्षेत्र २ लाई विकासले नमुना बनाउँछुः माधवकुमार नेपाल


काठमाडौं क्षेत्र नम्बर २ प्रतिनिधिसभाका उम्मेदवार, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूलाई मतदाताको आपार माया रहेकाले भारी मतले विजय हुने बताउनुभएको छ । आफू जितेमा यस क्षेत्रलाई विकासले नमुना बनाउने प्रतिवद्धता उहाँको छ ।

मंसिर २१ गतेको निर्वाचन केन्द्रीत भएर मतदाताको घर आँगनमा पुगिरहनुभएको छ । एमालेको सहज जित हुने अनुमान गरिएको क्षेत्र नम्बर २ मा चुनावी प्रचारमा व्यस्त रहेकै समयमा उहाँसँग गरिएको कुराकानी

रौतहट छाडेर काठमाडौं क्षेत्र नम्बर २ मा उम्मेदवार किन बँन्नुभयो ?
म रौतहटमा जन्मिए, हुर्किएँ । तर पार्टीको विभिन्न जिम्मेवारी निर्वाह गर्ने क्रममा धेरै लामो समय तराई र काठमाडौं दुवैलाई आफ्नो कर्मथलो बनाउँदै आएँ । म ३४ वर्षदेखि काठमाडौं–२ मा पर्ने कोटेश्वरको स्थायी बासिन्दा हुँ । यद्यपि, राजनीतिमा को–कहाँ जन्मियो, हुर्कियो भन्ने कुराभन्दा पनि उसले निष्ठाकासाथ के कति योगदान पु¥यायो, जनताको हितमा कति समर्पित भयो, सामाजिक–आर्थिक परिवर्तनमा र सिंगो राष्ट्रको विकास निर्माणको अगुवाई गर्ने सन्दर्भमा कति योगदान पु¥यायो भन्ने कुरा महत्वपूर्ण हुन्छ । यी सबै सन्दर्भमा म काठमाडौं–२ का जनतासँग जनप्रतिनिधिकै हैसियतमा प्रत्यक्ष रुपले गाँसिदै आएको छु । त्यसैले पार्टीले यी सबै पक्षको मूल्यांकन गरेर नै मलाई काठमाडौं–२ को उम्मेदवार बनाएको हो भन्ने मलाई लाग्दछ ।

आफूलाई सहज हुने सोचेर काठमाडौँ २ मा उठनुभएको हो ?
हा..हा..हाँस्दै.. मैले तपाईंको अघिल्लो प्रश्नमै कतिपय कुरा प्रष्ट पारिसकेको छु । त्यसैले सहज स्थितिका कारण काठमाडौं २ रोजेको भन्ने मिथ्या आरोपको खण्डन–मण्डन गर्नुपर्छ भन्ने मलाई लाग्दैन । हामीले पार्टीको संस्थागत निर्णय मान्ने हो । हिजो पार्टीले दुईओटा निर्वाचन क्षेत्रबाट निर्वाचित उम्मेदवारले बढी मतान्तरमा जितेको निर्वाचित क्षेत्र छाडेर कम मतान्तरमा जितेको क्षेत्र नछाड्ने नीति लियो । पार्टी प्रमुख भइसकेको व्यक्ति तराईबाट निर्वाचित भएकोले राष्ट्रिय सन्देशका हिसाबले तत्काल रौतहट छाड्न नहुने स्थायी समितिले निर्णय   ग¥यो । त्यसैले करिब १० हजार मतान्तरमा विजयी बनेको काठमाडौं–२ कानुनी र प्राविधिक हिसाबले छाडेको हो ।

क्षेत्र नम्बर २ का जनताको विश्वास जितेको जनप्रनिधिको हैसियतमा यहाँका समस्या समाधान गर्ने, विकास निर्माणका काममा अगुवाई गर्ने मात्र होइन, भावानात्मक रुपमा पनि म कहिल्यै पनि अलग भइन ।

तर, क्षेत्र नम्बर २ का जनताको विश्वास जितेको जनप्रनिधिको हैसियतमा यहाँका समस्या समाधान गर्ने, विकास निर्माणका काममा अगुवाई गर्ने मात्र होइन, भावानात्मक रुपमा पनि म कहिल्यै पनि अलग भइन । क्षेत्रको विकास निर्माणको अगुवाई गर्ने सन्दर्भमा, प्रत्येक वडा–टोलवासी जनतासँगको प्रत्यक्ष भेटघाट, समस्या समाधानका लागि पहल लिने कुरामा म निरन्तर लाग्दै आएको छु । रौतहटको विकास निर्माणको काममा पनि उतिकै क्रियाशील छु । मेरो चिन्ता र सपना–आर्थिक रुपले सम्पन्न समृद्ध मुलुक निर्माण गर्ने हो, साथै काठमाडौं–२ लाई नमूना क्षेत्रका रुपमा विकास गर्ने हो । यस काममा म हिजो पनि क्रियाशील थिएँ, आज पनि छु र भोलि पनि निरन्तर रुपमा क्रियाशील रहनेछु ।

तपाईलाई चुनाव जिताएर काठमाडौँ क्षेत्र नम्बर २ का जनताले के पाउँछन् ?
हामीले संविधान निर्माणपश्चात राजनीतिक रुपमा युगान्तकारी परिवर्तन गरेका छौं, क्रान्तिको एउटा चरण पुरा गरेका छौं । समाजवादसम्मको लक्ष्य किटान गर्दै संविधानमा जनताका राजनीतिक अधिकारहरु सुनिश्चित गरेका छौं । अब आर्थिक–सामाजिक रुपान्तरणसहितको समृद्ध मुलुक निर्माण गर्ने अर्को चरणमा हामी प्रवेश गरेका छौं । यो कामको अगुवाई चुनावपछि बन्ने एमाले र माओवादी केन्द्रको वाम गठबन्धन सरकारले गर्नेछ । काठमाडौं–२ ऐतिहासिक, धार्मिक–सांस्कृतिक र पयर्टकीय दृष्टिले सम्पन्न क्षेत्र हो । त्यसैले यी समग्र कुराको विकासका लागि गुरुयोजनाका साथ काम गर्ने मेरो योजना छ ।

म प्रधानमन्त्री भएको बेला सडक बिस्तार, पूर्वाधार विकास, प्राविधिक शिक्षालय, पोलिटेक्निक कलेजको स्थापनालगायतका धेरै काम भएका छन् । ती सबै कामलाई अझ पूर्णता दिनेतर्फ ध्यान केन्द्रित गर्नेछु । भूकम्पपछि क्षत–विक्षत बनेको साँखु क्षेत्रको ऐतिहासिक पुरातात्विक सम्पदाको संरक्षण र विकासका लागि पुननिर्माणलाई तीब्रता दिनेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ । शंखरापुर–साँखु राजधानी काठमाडौंलाई चीनको तिब्बतसँग जोड्ने महत्वपूर्ण ऐतिहासिक पुरानो व्यापारिक नाका पनि हो । त्यहाँको सडकलाई चीनसम्म बिस्तार गर्ने, साँखुमा भृकुटीको ठूलो मूर्ति स्थापना गरेर आन्तरिक र बाह्य पयर्टकको आकर्षण केन्द्र बनाउने, साली नदीको संरक्षण गर्दै ऐतिहासिक धार्मिक र पयर्टकीय नगरकारुपमा विकास गर्ने, नाङ्लेभारे–जहरसिंहपौवा–लप्सीफेदी क्षेत्रलाई ‘कृषि उत्पादन जोनका रुपमा संरक्षित गर्दै विकास गर्ने, यो क्षेत्रलाई पयर्टकीय गन्तव्यस्थलमा परिणत गर्ने, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकालाई आधुनिक ‘स्याटलाईट स्मार्ट सिटी’का रुपमा विकास गर्ने, मूलपानीको अन्तराष्ट्रिय क्रिकेट मैदानको काम छिटो सम्पन्न गर्ने, एअरपोर्टको जग्गा अधिग्रहणमा परेका पुरानो सिनामंगल र जडिबुटी क्षेत्रका जनतालाई छिटोभन्दा छिटो उचित मुआब्जासहित पुनस्र्थापित गर्ने मेरो योजना रहेको छ ।

त्यस्तै, तिनकुनेको जग्गाको उचित मुआब्जा दिलाउने, कोटेश्वर क्षेत्रको खानेपानीलगायतको समस्या समाधान गर्ने, मनोहरा कोरिडोर निर्माण सम्पन्न गरी हरित क्षेत्रका रुपमा विकास गर्ने, प्रत्येक वडा र टोलका सार्बजनिक जग्गाहरुमा वृद्ध–वृद्धाहरुका लागि चिकित्सा सेवासहितको आश्रम, बाल उद्यान निर्माण गर्ने, यस क्षेत्रको उपयुक्त स्थानमा आधुनिक चिकित्सा सेवासहितको अस्पताल निर्माण गर्ने, मेलम्ची खानेपानी आयोजनाको पाईपलाईन बिस्तार गर्दै २ नम्बर क्षेत्रका जनतालाई मेलम्चीको खानेपानी उपलब्ध गराउन पहल गर्नेलगायतका विषयलाई मैले योजनाका रुपमा अघि सारेको छु ।

यस क्षेत्रको उपयुक्त स्थानमा आधुनिक चिकित्सा सेवासहितको अस्पताल निर्माण गर्ने, मेलम्ची खानेपानी आयोजनाको पाईपलाईन बिस्तार गर्दै २ नम्बर क्षेत्रका जनतालाई मेलम्चीको खानेपानी उपलब्ध गराउन पहल गर्नेलगायतका विषयलाई मैले योजनाका रुपमा अघि सारेको छु ।

युवा वर्गलाई नेतृत्व हस्तान्तरणका विषयमा तपाईंको धारणा के छ ?
पहिलो कुरा त, २० वर्षसम्म स्थानीय निर्वाचन नहुँदा युवाहरुको नेतृत्व विकास अबरुद्ध भएको थियो । लामै समयपछि भए पनि स्थानीय तहको निर्वाचन सम्पन्न हुँदा धेरै युवाहरु जननिर्वाचित प्रतिनिधिका रुपमा आउन सफल हुनुभएको छ । जहाँसम्म, केन्द्र र प्रदेश तहको संसद र पार्टीको नेतृत्व तहमा युवाहरुलाई स्थापित गर्ने कुरा छ, त्यसका लागि सबैभन्दा पहिले हामीले ‘सिस्टम’ स्थापित गर्नुपर्ने आवश्यकता छ । किनभने नेतृत्व कसैले कसैलाई हस्तान्तरण गर्दैमा एकैचोटी विकास भइहाल्ने होइन । हामीले जनताको बहुदलीय जनवादको सिद्धान्तलाई अंगिकार गर्दै आएका छौं । पुजिपति वर्गको पार्टीसँग पनि प्रतिस्पर्धा गर्दै जनताको मन जितेर अघि बढ्ने, पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा पनि श्रेष्ठता हासिल गर्न सकिने ‘सिस्टम’लाई अवलम्बन गरिरहेका छौं । यसलाई अझ दृढताका साथ कार्यान्वयन गर्दै जाँदा क्रमशः युवाहरु अझ बढी नेतृत्वमा स्थापित हुँदै जानेछन् भन्नेमा म पूर्ण विश्वस्त छु । तर, यसका लागि युवाहरु स्वयम् नै अझ बढी सकृय हुन जरुरी छ । यो निर्वाचनकै कुरा गर्ने हो भने प्रतिनिधिसभा र प्रदेशसभामा हाम्रा आधाभन्दा बढी साथीहरु नयाँ अनुहारका रुपमा उम्मेदवार हुनुहुन्छ । पार्टीको पदाधिकारी तहमा पनि युवा–विद्यार्थी आन्दोलबाट स्थापित युवा साथीहरु पुग्नु भएको छ ।

तपाईले जित्नै पर्ने आधारहरु के–के छन ?
सवाल अब्बल र कमसल भन्ने होइन । सवाल यस क्षेत्रको विकासका निम्ति र समग्र मुलुककै विकासका निम्ति को आश्यक भन्ने हो । मेरो जीवन खुल्ला किताब जस्तै छ । म निष्ठा, इमान्दारिता, पारदर्शिता, सकृयता र स्वाभिमानमा विश्वास गर्ने व्यक्ति हुँ । जनबिरोधी क्रियाकलापसँग आजसम्म सम्झौता गरेको छैन । राजनीतिक यात्रामा अनेकन घुम्ती पार गर्दै पार्टी र मुलुकको नेतृत्वसमेत सम्हालिसकेको छु । को आवश्यक छ भन्ने पैmसला यस क्षेत्रका जनताले नै दिनुहुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु । म निष्कृय होइन, निरन्तर सकृय जीवन बिताउने गतिशील मान्छे हुँ । समयको प्रवाहसँगै जनताको जीवनस्तरमा परिवर्तन हुनुपर्छ भन्ने मान्यता राख्दछु । जनताको हरेक दुःख–सुःखसँग गाँसिन चाहान्छु । अहिले वाम गठबन्धनको चुनाव परिचालन कमिटीले निर्वाचनको प्रचार अभियान अघि बढाइरहेको छ । यसक्रममा चुनावी घरदैलो पनि उत्साहजनक ढंगले अघि बढिरहेको छ । बृद्ध बा–आमा, दिदीबहिनी–दाजुभभाइहरुले भावी दिनमा मुलुकलाई सफल ढंगले नेतृत्व गर्ने आशिर वचन दिइरहनुभएको छ । उहाँहरुको त्यस्तो प्रेम र सद्भावलाई मैले हृदयदेखि नै स्वीकारेर चुनावी अभियान अघि बढाइरहेको छु ।

 तपाईहरुले जारी गरेको घोषणापत्र कार्यान्वयन हुन्छ त ?
सपना बाँड्ने मात्र होइन, विपनामा परिणत गर्ने हो । हामीले गरेका सवै घोषणा कार्यान्वयन गर्नका लागि हन् र वाडेका सपना सवै विपनामा साकार पार्नका लागि हुन् । हामीले गरेर देखाउने छौं । सम्भ छ, अवश्य सकिन्छ ।

साम्यवादी व्यवस्थाका लागि वामपन्थी गठबन्धन गर्नुभएको हो ?
– अधिनायकवाद वा साम्यवादी गठबन्धनको यो आरोप केवल पराजित र हतास मानसिकताको अभिव्यक्ति मात्रै हो भन्ने मलाई लाग्दछ । के हामीले पनि कांग्रेसको जस्तै लोकतन्त्रको नारा जपेर नागरिक सँधै गरिब, तर मुठीभरका व्यक्ति मात्रै धनी र सुखी हुने लोकतन्त्रको ब्याख्या गर्नुपर्ने रु हामी सबै नेपाली धनी र सम्पन्न हुने सामाजिक न्यायसहितको लोकतन्त्र स्थापित गर्न चाहान्छौं । म प्रष्टसँग भन्न चाहान्छु हामी आर्थिक उदारिकरणका डम्फू बजाएर देशका उद्योग–धन्दा र कलकारखानाहरु कौडीका रुपमा बेच्ने, देशको स्वाभिमान समाप्त पार्ने, लाखौं युवाहरुलाई खाडी मुलुकको चर्को घाममा श्रम गर्न पठाउने, दलित, भूमिहीन, सुकुम्बासी, हलियाहरुलाई सँधै बाँधा मजदुर बनाउने लोकतन्त्रको विपक्षमा छौं । जमिनको वर्गीकरण, कृषिको आधुनिकीकरण गरेर उत्पादकत्व बढाउँदै समुचित वितरण प्रणाली स्थापित गर्ने, देशलाई समुन्नत बनाउने लोकतन्त्रको पक्षमा छौं ।

शिक्षा नीतिमा आमूल परिवर्तन गर्दै देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने, शिक्षालाई श्रम, शीप र रोजगारसँग जोड्ने अभियानमा छौं, योजनामा छौं ।

मानवअधिकारको विश्वव्यापी घोषणापत्र, लोकतन्त्रका अन्तराष्ट्रिय मूल्य–मान्यतालाई व्यबहारिक रुपमै स्थापित गर्न चाहान्छौं । शिक्षा नीतिमा आमूल परिवर्तन गर्दै देशको आवश्यकता अनुसारको जनशक्ति उत्पादन गर्ने, शिक्षालाई श्रम, शीप र रोजगारसँग जोड्ने अभियानमा छौं, योजनामा छौं । त्यसैले कांग्रेसका नेताहरु वाम गठबन्धनबाट भयवित हुनुभएको छ । म उहाँहरुलाई पराजित मानसिकताले विक्षिप्त बनेर होइन, आफ्ना नीति कार्यक्रम र योजनाका आधारमा स्वच्छ प्रतिस्पर्धामा उत्रिन आह्वान गर्दछु । म चुनौतिका साथ भन्न चाहान्छु– आउनुस्, छलफल गरौं नीति र व्यबहारमा को लोकतन्त्रवादी रु गणेशमान र कृष्णप्रसाद भट्टराई जस्ता त्यागी र स्थापित नेतालाई पार्टीमा सम्मानजनक ब्यबहार गर्न नसक्ने, लोकतन्त्रलाई दरबारमा बुझाउने कांग्रेससँग हामीले अब लोकतन्त्रको प्रमाणपत्र लिनुपर्ने रु उहाँहरु कुन मुलुकको रु कुन विद्वानको लोकतन्त्र अनुशरण गर्न खोज्दै हुनुहुन्छ रु हतास बनेर होइन, धैर्य र शान्त मुद्रामा खुल्ला बहसमा आउन म चुनौति दिन चाहान्छु ।

पार्टी एकता सम्भव छ ? कि चुनाव जित्नका लागि मात्र पार्टी एकताको नौटंकी भएको हो ?
–पार्टी एकता सम्भव छ । शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धाबाट समाजवादसम्म पुग्ने भन्ने तय भइसकेको छ । चुनावलगत्तै विगत आन्दोलनको समीक्षा र वाँकी सैद्धान्तिक प्रश्नहरुको हल गर्नुका साथै सांगठनिक संरचनामा कुरा मिल्ने बितिक्कै एकीकरण सम्पन्न हुनेछ ।

अन्त्यमा आम जनतालाई के भन्न चाहनु हुन्छ ?
– हामीले मुलुकमा ठूलो राजनीतिक परिवर्तन गरेका छौं । अव मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक–सामाजिक रुपान्तरणको महा अभियान संचलन गर्नु छ । त्यस महा अभियानलाई सफलीभूत पार्नका निम्ति कायम भएको वाम गठबन्धनलाई आफ्नो अमूल्य मत दिएर अत्यधिक बहुमतका साथ विजय गराउनुहुन सवैमा हार्दिक आह्वान गर्दछु ।

साभारः आजको न्यूज

तपाईको प्रतिक्रिया