संविधान कार्यान्वयनमा युवाको पारस्परिक जवाफदेहिताको खाँचो


धनगढी, मंसिर १७ गते । संविधान कार्यान्वयन र लोकतान्त्रिक प्रक्रियालाई संस्थागत गर्न युवाबीच पारस्परिक सहयोग र प्रतिवद्धताको खाँचो रहेको युवाहरुले बताएका छन् ।

सशक्त समाजको परिकल्पना (ईजी) नेपालद्वारा आयोजित युवा स्वयम्सेवक सञ्जालमा आबद्ध युवाहरुलाई पारस्परिक जवाफदेहिताका लागि युवाहरुको भुमिका विषय एक दिने कार्यशाला कार्यक्रममा युवाहरुले त्यस्तो बताएका हुन् । कार्यक्रम कैलारी गाउँपलिकाको हसुलियामा सम्पन्न भएको छ ।

यूएनडीपी नेपाल, सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम धनगढीको सहयोगमा सम्पन्न कार्यक्रममा कैलारी गाउँपालिकाका युवा स्वयम्सेवक सञ्जालमा आबद्ध तथा गाउँपालिकामा नेतृत्वदायी भुमिकामा रहेको युवाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिकाका सबै वडाहरुबाट महिला र पुरुष गरी २७ जना युवाहरुको सहभागीता रहेको सो संस्थाले बताएको छ । उक्त कार्यक्रममा वर्तमान युवा वर्गलाई समाजप्रति उत्तरदायी बनाउन र पारस्परिक जवाफदेहिता प्रवद्र्धन गरी स्वयम्सेवामार्फत संविधान कार्यान्वयनको सहज व्यवस्थापनका लागि कार्यक्रम आयोजना गरिएको सो संस्थाका वीरेन्द्र चौधरीले बताउनुभयो ।

विकास प्रक्रियामा युवाको भुमिको सिर्जना गर्दै तिनीहरुलाई मुलधारमा ल्याउन, स्थानीय प्रतिनीधि तथा युवा स्वयम्सेवकबीचको पारस्परिक जवाफदेहितालाई कायम गर्न युवा संलग्नता आवश्यक   छ ।

सामाजिक सद्भाव र संघीय प्रणालीका संरचनाहरुको निर्माण, विकास, निर्वाचन तथा संघात्मक शासन अभ्यासको क्रममा विविध समुदायका लोकतान्त्रिक सहभागितालाई जोड दिन कार्यक्रमको आयोजना भएको बताउँदै सो संस्थाले भनेको छ, विकास प्रक्रियामा युवाको भुमिको सिर्जना गर्दै तिनीहरुलाई मुलधारमा ल्याउन, स्थानीय प्रतिनीधि तथा युवा स्वयम्सेवकबीचको पारस्परिक जवाफदेहितालाई कायम गर्न युवा संलग्नता आवश्यक छ ।

कार्यक्रमको सहभागी तथा युवा स्वयम्सेवक सञ्जाल कैलारीकी संयोजक कमलाकुमारी चौधरीले भन्नुभयो “ पारस्परिक जवाफदेहिता एक प्रक्रिया हो । जहाँ अधिकारप्राप्त निकाय, सम्बन्धित सरोकारवाला एवं जनसमुदायले कार्य सम्पादनको प्रक्रिया र प्राप्त परिणामकालागि एक अर्काप्रति जिम्मेवार हुनुपर्छ ।

सामान्य अर्थमा पारस्परिक जवाफदेहीता भन्नाले एक अर्काप्रति विश्वास र प्रतिवद्धता हो भनी हाम्रो बुझाई रहेको छ भन्दै चौधरीले आसन्न निर्वाचन पश्चात पुनः सञ्जालको बैठक बसी आगामी गतिविधिका बारेमा छलफल गरी कार्यान्वयन चरणमा जाने बताउनुभयो ।

तपाईको प्रतिक्रिया