प्रदेश ५ को सम्भावित मुख्यमन्त्री शंकर पोखरेलबारे संक्षिप्त जानकारी


नेपालको बामपन्थी आन्दोलनमा शंकर पोखरेल स्थापित नाम हो । विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा प्रवेश गर्नुभएका पोखरेलको बैचारिक र राजनीतिक क्षमता र संगठनात्मक कार्यकुशलतालाई उदाहरणीय मानिन्छ ।

भारतमा अध्ययनरत छँदा उहाँले प्रवासी नेपाली विद्यार्थीहरुको नेताकोरुपमा उनीहरुको हक अधिकारको पक्षमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँले अखिल भारत नेपाली स्वतन्त्र विद्यार्थी युनियनका संस्थापक अध्यक्षलगायतको जिम्मेवारी बहन गर्नुभएको छ । कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गर्नुभएका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिजस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

 कुनै समय जननेता स्वर्गीय मदन भण्डारीसँग निकै निकट रहेर काम गर्नुभएका पोखरेलले अनेरास्ववियुको अध्यक्ष, त्रिभुवन विश्वविद्यालयको स्ववियु सभापतिजस्ता भूमिकालाई कुशलतापूर्वक निर्वाह गर्नुभयो ।

विक्रम सम्वत २०१९ फागुन १५ गते दाङ, तुलसीपुर उपमहानगरपालिका वडा नं. १९, हाडिमेमा बुवा केशवराज शर्मा र आमा तिलकादेबीको कान्छो सन्तानकोरुपमा जन्मनु भएका पोखरेल हाल नेकपा एमालेको स्थायी कमिटि सदस्य हुनुहुन्छ ।

२०३६ सालमाभएको विद्यार्थी आन्दोलन, २०४५, ४६ मा पञ्चायती ब्यवस्था अन्त्यकालागि भएको आन्दोलनको नेतृत्वदायी भूमिका खेल्नुभएका पोखरेलले २०६२,६३ को जनआन्दोलनमा काठमाण्डौको मोर्चावाट आन्दोलनको नेतृत्व गर्नुभएको थियो ।

गणतन्त्रका पक्षमा काठमाण्डौ त्रिचन्द्र क्याम्पसमा आयोजना गरेको पहिलो खुला कार्यक्रमको उहाँ प्रमुख वक्ता हुनुहुन्थ्यो । माओवादी आन्दोलन उत्कर्षमा रहेकोबेला हिंसाको अन्त्य र प्रजातान्त्रिक निकासका पक्षमा जनमत सिर्जना गर्न राप्ती अञ्चलका पहाडी जिल्लाहरुमा उहाँले शान्ति पदयात्राको नेतृत्व गर्नु भएको थियो । माओवादीहरुलाई शान्ति प्रक्रियामा ल्याउन गरिएको विभिन्न प्रकारका छलफलहरुमा उहाँको सक्रिय सहभागिता रहने गर्दथ्यो ।

माओवादी आन्दोलनको अध्ययन र समस्याको समाधानका सन्दर्भमा पार्टीले गठन गरेको कार्यदलको उहाँ सचिव हुनुहुन्थ्यो । जनकपुरमा भएको एमालेको सातौ महाधिवेशनमा पोखरेलले अब संविधानसभाबाट नै राजनीतिक निकास खोज्नुपर्छ भन्दै प्रस्ताव लैजानु भएको    थियो । संविधानसभा मार्फत राज्यको पुनसंरचना आवश्यक रहेको निष्कर्सकासाथ उहाँले पार्टीमा राज्य पुनसंरचना सम्वन्धि लिखित दस्तावेज प्रस्तुतगर्नु भएको थियो ।

राज्यको पुनसंरचना सम्वन्धि पार्टीद्वारा गठन गरिएको कार्यदलको उहाँ सचिवहुनुहुन्थ्यो । अघिल्लो संविधान सभामा राज्य पुनर्संरचनाको खाका कोर्न महत्वपूर्ण भूमिका खेल्नु भएका पोखरेल ३२ वर्षको उमेरमा पहिलो पटक २०५१ सालमा दाङको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएको थियो ।

पार्टीको आठौ राष्ट्रिय महाधिवेशनले पार्टी जीवनको लोकतान्त्रिकरण सम्वन्धमा उहाँले प्रस्तुत गर्नुभएको पुरक प्रस्तावलाई सर्वसम्मतरुपमा स्विकार गरेको थियो । राष्ट्रिय राजनीतिका प्रमुख मुद्दाहरुका पार्टी दृष्टिकोण निर्माण गर्नेमा समेत उहाँको नेतृत्वकारी भूमिका रहने गरेको    छ ।

उच्चस्तरको बैचारिक क्षमता र कुशलवक्ताको रुपमा उहाँले संसदमा समेत जनसरोकारका विषयलाई जोडदार ढंगले उठाउने सीमित सांसदहरुमा पर्नुहुन्छ ।

त्रिभुवन विश्वविद्यालयबाट एम.बी.ए.तहको अध्ययन पुरा गर्नुभएका पोखरेल भूराजनीति र अर्थशास्त्रबारे राम्रो ज्ञान भएका नेतामध्ये चिनिनुहुन्छ । आर्थिक सामाजिक विकास र रुपान्तरणका सन्दर्भमा उहाँका सोचहरुलाई पार्टीको नवौ महाधिवेशनले पार्टीको राजनीतिक कार्यदिशाको रुपमा आत्मसात गरेको छ ।

राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने उहाँ यतिवेला नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्यमन्त्रीका प्रस्तावितहुनु भएको छ ।

राजनीतिक अधिकार प्राप्तिको संघर्षको सफलता पश्चात अब मुलुक आर्थिक सामाजिक विकास र रुपान्तरणको दिशामा अघि वढ्नु पर्दछ भन्ने उहाँ यतिवेला नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का तर्फवाट पाँच नम्वर प्रदेशको मुख्यमन्त्रीका प्रस्तावितहुनु भएको छ । राष्ट्रिय राजनीतिमा नेतृत्वकारी भूमिका निर्वाह गर्नु भएका पोखरेल प्रदेशको नेतृत्वकर्ताका रुपमा जानुलाई अर्थपूर्ण लिइएको छ ।

हाल पार्टीमा पोखरेलले पार्टि स्कुल विभागको उपप्रमुखको समेत जिम्मेवारी निर्वाह गरिरहनु भएको छ । पार्टी कार्यकर्तालाई प्रशिक्षितगर्ने काममापोखरेल निकै सक्रिय हुनुहुन्छ । नेकपा एमालेलाई बहुपदीय प्रणालीमा लैजान उल्लेख्य भूमिका खेलेका पोखरेल पार्टीमा प्रष्ट बैचारिक दृष्टिकोण, राजनीतिक अडान र कार्यशैलीमा एकरुपता कायमगर्न सक्ने नेताहरु मध्ये एक हुनुहुन्छ ।

विगतमा पार्टी सचिवको रुपमा जिम्मेवारी निर्वाह गरिसक्नु भएका पोखरेलले सूचना तथा संचार मन्त्रीको जिम्मेवारी समेत सम्हालिसक्नु भएको छ । पोखरेलका राजनीतिक, बैचारिक र समाजका विविध क्षेत्रमा थुप्रै पुस्तक र लेख रचनाहरु प्रकाशित छन् । उहाँले साहित्य सृजनातर्फ पनि उत्तिकै सक्रियताकासाथ कलम चलाउनु भएको छ ।

पोखरेलले युगलहर, सिमाना परिको हुङ्कार, राष्ट्रिय विकल्प, राष्ट्रिय सङ्कल्प लगायत पत्रिका र साहित्कि रचना संग्रहरुको सम्पादन गर्नु भएको छ । एक्काइसौ शताब्दी नामक वैचारिक प्रकाशनको प्रकाशन र सम्पादनमा समेत उहाँको नेतृत्वकारी भूमिका रहेको थियो ।

केन्द्रीय कमिटीको सदस्य समेत नभएको अवस्थामा उहाँले पार्टीको प्रचार विभाग प्रमुख र पार्टीको मुखपत्र नवयुगको प्रधान सम्पादनको जिम्मेवारी समेत बहन गर्नु भएको थियो । पटक पटक जेल र दर्जनौ पटक हिरासतमा रहेर राजनीतिक स्वतन्त्रता, जनहित र समानताको पक्षमा संघर्ष गर्नुभएका पोखरेल समग्र नेपालको आर्थिक विकासको खाका कोर्न सक्ने सीमित नेताहरु मध्ये हुनुहुन्छ ।

पोखरेलकी श्रीमती एमाले नेतृ सुजिता शाक्य हाल एमाले केन्द्रीय सदस्य र अखिल नेपाल महिला संघको सचिवको जिम्मेवारीमा हुनुहुन्छ । उहाँहरुका दुई छोरी छन् ।

पोखरेल भर्खर सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दाङ २ (क) बाट भारी मतले विजयी हुनुभएको छ । उहाँको जितसँगै प्रदेशको मुख्यमन्त्रीको सम्भावना ह्वात्तै बढेर गएको छ ।

प्रस्तुतिः अजय शर्मा

तपाईको प्रतिक्रिया