उपत्यकामा ४.३ रेक्टरको भूकम्पको धक्का


Earthquake

काठमाडौं, मंसिर १ गते । काठमाडौं उपत्यकामा मंगलबार साँझ भूकम्पको धक्का महसुस भएको छ । साँझ ६ बजेर ५५ मिनेटमा ४.३ रेक्टर स्केलको पराकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु रसुवा रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार यो नयाँ भूकम्प नभएर वैशाख १२ को शक्तिशाली भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

यसअघि कात्तिक २७ गते ४.२ रेक्टरको पराकम्प गएको थियो ।

तपाईको प्रतिक्रिया