सुनसरी ३ मा गच्छदारलाई पानी पिलाउँदै भगवती चौधरी जित निकट

सुनसरी, मंसिर २५ गते । यसअघिसम्म सुनसरी क्षेत्र नं. ३ मा विजयी बन्दैआएका विजयकुमार गच्छदारलाई यसपल्ट एमालेकी महिला नेतृ भगवती चौधरीले जित उल्टाउने हुनुभएको छ । शुरुदेखि अग्रता लिंदै चौधरी अहिले पनि १५५ मतले अग्रता लिनुभएको छ ।

प्रतिनिधी सभामा नेकपा एमालेकी भगवती चौधरी र कांग्रेसका विजयकुमार गच्छदारबीच कडा टक्कर भइरहेको छ । चौधरीले १ सय ५५ मतले अग्रता लिनुभएको छ। मतगणनाको सुरुवातदेखि नै एमालेकी चौधरीले अग्रता लिदै सुरुवातमा चौधरीले ३ हजारसम्मको अग्रता लिनुभएको थियो । तर अहिले घटेर १ सय ५५ मा आइपुगेको छ ।

एमालेकी भगवती चौधरीले २९,३२६ मत प्राप्त गर्र्दा कांग्रेसका विजयकुमार गच्छदारले २९,१७१ मत प्राप्त गर्नुभएको छ । अहिले मतगणना स्थलमा बदर मतमा विवाद उत्पन्न भएपछि मतगणना स्थगित भएको सूनसरीबाट पत्रकार कुलदिप चौधरीले बताउनुभयो ।

सुनसरी ३ मा कुल ८५ हजार १ सय ९७ मत खसेको थियो भने अहिलेसम्म ६४ हजार २ सय ३१ मत गणना भइसकेको छ । अब २० हजार ९ सय ६६ मत गणना गर्न बाँकी रहेको निर्वाचन आयोग सुनसरीले बताएको छ ।

पटक पटक सो क्षेत्रबाट विजयी बनेर पनि स्थानीयरुपमा विकासको काम नगरेको भन्दै गच्छदारप्रति त्यहाँको मतदाता रुष्ट भएको मत परिणामबाट देख्न सकिन्छ । मतदाताले यसपाली विकल्पकोरुपमा भगवती चौधरीलाई रोज्ने संकेत देखिएको छ । अन्तिम परिणाम साँझसम्म आउने बताइएको छ ।

तपाईको प्रतिक्रिया