
काठमाडौं, मंसिर २५ गते । नेकपा (माओवादी केन्द्र) का तर्फबाट वर्दिया २ बाट प्रतिनिधिसभाको उम्मेदवार बन्नुभएका सन्तकुमार थारु सबैभन्दा वढी मत प्राप्त गरेर विजयी एकमात्र थारु नेता बन्न सफल हुनुभएको छ ।
निर्वाचित उम्मेदवार थारुले ५० हजार ५५५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँले आफ्नो प्रतिस्पर्धी गोपाल दहितलाई १३ हजार ८२० मतको फराकिलो मतान्तरले पराजित गर्नुभयो । दहितले ३६ हजार ७३५ मत ल्याएर पराजित हुनुभयो । सबैभन्दा वढी मत ल्याएर पराजित हुने थारु उम्मेदवार दहित नै हुनुहुन्छ ।
निर्वाचित उम्मेदवार थारुले ५० हजार ५५५ मत ल्याएर निर्वाचित हुनुभयो । उहाँले आफ्नो प्रतिस्पर्धी गोपाल दहितलाई १३ हजार ८२० मतको फराकिलो मतान्तरले पराजित गर्नुभयो ।
त्यस्तै, थारु समुदायबाट ३० हजार मत कटाएर निर्वाचित हुने निकै कम उम्मेदवार हुनुहुन्छ । जसमध्ये माओवादी केन्द्रकै अमनलाल मोदी थारुले ३३ हजार ५२९ मत ल्याएर मोरङ ४ बाट निर्वाचित हुनुभयो । सोहीअनुसार नेकपा (एमाले) बाट दाङ क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएका मेटमणि चौधरीले ३७ हजार ९३१ मत ल्याएर निर्वाचित हुनुभयो ।
निर्वाचित घोषणा हुन बाँकी कैलाली १ का राजपाका उम्मेदवार रेशमलाल चौधरीले यो समाचार तयार पार्दासम्म ३३ हजार २०० मत प्राप्त गरिसक्नुभएको थियो । अन्तिम मत परिणाम घोषणा हुँदासम्म उहाँको मत परिणाम ४० हजार नाघ्ने अनुमान गर्न सकिन्छ ।




