वाम गठबन्धन र कांग्रेसलाई हराउँदै भारी मतले रेशम चौधरी विजयी


कैलाली, मंसिर २६ गते । सुरक्षाकर्मीको फरार सूचीमा रहनुभएका रेशम चौधरी कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा करिब २१ हजार फराकिलो मत अन्तरले निर्वाचित हुनुभएको छ ।

राजपाको तर्फबाट उम्मेदवार बन्नुभएका चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई पछार्दै जित सुनिश्चित गर्नुभयो ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत मात्र पाउनुभयो ।

चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार मदन कुमारी शाह (गरिमा) ले १३ हजार ४०६ मत मात्र पाउनुभयो । चौधरी र शाहबीचको मतअन्तर २० हजार ९३५ छ । कांग्रेसकी इश्वरी न्यौपाने तेस्रो स्थानमा पर्नुभयो । उहाँको मत ११ हजार २०३ छ ।

चौधरी कैलाली टीकापुर घटनाका मुख्य आरोपी भनेर आरोप खेपिरहनुभएको छ । चौधरीले वारेसनाामा मार्फत उम्मेदवारी दिनुभएको    थियो । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठजना सुरक्षाकर्मीको ज्यान गएको थियो । घटनामा कसको हात छ भन्ने अहिलेसम्म पुष्टि हुनसकेको छैन । तर पुर्पक्ष थुनामा २५ जना थारु रहँदैआएका छन् ।

यसैगरी प्रदेशसभातर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेको छ । क्षेत्रनम्बर १ (क) मा राजपाका कृष्ण चौधरी १२ हजार १८४ मतसहित प्रदेशसभामा विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाउनुभयो । २०७० सालको संविधानसभा निर्वाचनमा चौधरी सोही क्षेत्रबाट निर्वाचित हुनुहुन्थ्यो ।

यसैगरी क्षेत्रनम्बर १ (ख) मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४३४ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी) ले ८ हजार ९०६ मत पाएका छन् ।

तपाईको प्रतिक्रिया