
सन्तोष दहित
दाङ, मंसिर २७ गते । कुनैबेला दाङ भन्ने वित्तिकै काँग्रेसको लाल किल्लाको रुपमा चिनिन्थ्यो । अझ त्यसमा देउखुरी एरिया झन काँगे्रसको लागि सबैभन्दा बलियो किल्ला थियो । जहाँ सधैभरि काँग्रेसले जित्दै आएको थियो ।
२०५४ सालको स्थानिय निकायको चुनाव बाहेक संसदको चुनावमा नेपाली काँग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले कब्जा गर्दै आएका थिए । इतिहासमा कहिले जित्न नसकेको एमालेले यस पटकको प्रतिनीधि सभा र प्रदेश सभाको दुवै क्षेत्रमा जीत हासिल गरेको छ ।
निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रतिनीधि सभामा नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य एवं दाङका इन्चार्ज समेत रहेका युवा नेता मेटमणि चौधरी शानदार मतले जीत हासिल गरे । उनले काँगेसका प्रभावशाली नेता खुमबहादुर खड्काको विश्वासपात्र काँग्रेसकी नेतृ पुर्वसांसद सुशीला चौधरीलाई करिब १४ हजार मत अन्तरले जिते ।जिन्दगीमा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका चौधरीले ३७ हजार ९ सय ८ मत ल्याएका थिए भने उनको प्रतिस्पर्धि नेपाली काँग्रेसकी नेतृ सुशीला चौधरी २४ हजार ७४ मत प्राप्त गरिन ।
जिन्दगीमा पहिलो पटक संसदीय निर्वाचनमा भाग लिएका चौधरीले ३७ हजार ९ सय ८ मत ल्याएका थिए भने उनको प्रतिस्पर्धि नेपाली काँग्रेसकी नेतृ सुशीला चौधरी २४ हजार ७४ मत प्राप्त गरिन ।
को हुन मेटमणि चौधरी गढवा गाँउपालिका ३ मानपुर निवासी बुवा भगवतिप्रसाद चौधरी र आमा शिवरात्रीदेवि चौधरीको कोखबाट २०२९ सालमा जेठो छोराको रुपमा जन्मिएका चौधरी सानै उमेरदेखि समाजसेवामा रुचि राख्थे । हाइस्कूलदेखि विद्यार्थी राजनीतिको सुरुवाट गरेका चौधरी राजनीतिशास्त्र, समाजशास्त्रमा डबल डिग्री गरेका छन् । अर्थशास्त्र विषयमा समेत स्नाकोत्तर गरिरहेका चौधरी नेकपा एमालेका भातृसंगठन अनेरास्ववियुको विभिन्न जिम्मेवारीमा काम गर्दै २०५४ सालमा अनेरास्ववियु दाङकोे जिल्ला अध्यक्ष समेत भएका थिए ।
२०५४÷०५५ को स्ववियूको निर्वाचनमा महेन्द्र बहुमुखि क्याम्पस दाङको सभापतिमा नेपाल विद्यार्थी संघका विद्यार्थी नेता प्रकाश श्रेष्ठसँग ४ भोटले पराजित भएका चौधरी अखिलको जिल्ला अध्यक्ष हुदै केन्द्रीय सचिवालय सदस्य भएर पार्टिको मुल राजनीतिमा आएका हुन । थारु कल्याणकारिणी सभा, आदिवासी जनजाति महासंघ, थारु लोकतान्त्रिक संघ लगायत विभिन्न संघसस्थामा रहेर काम गरेका चौधरी जल्लामा बौद्धिक एवं बैचारिक युवा नेताको रुपमा चिनिन्छन् ।
नेकपा एमाले दाङको जिल्ला कार्यसमितिमा दुई कार्यकालसम्म जिम्मेवारी पदमा रहेर काम गरेका चौधरी पार्टीको ९ औं महाधिवेशनबाट बैकल्पिक केन्द्रीय सदस्यमा निर्वाचित भए ।




