सन्तान उत्पादनका लागि अव कारागारभित्रै शारीरिक सम्पर्कको छुट


काठमाडौं, मंसिर २८ गते । सन्तान उत्पादनका लागि योग्य कैदीबन्दीले अब कारागारभित्रै आफ्नो श्रीमतीसँग शारीरिक संसर्ग गर्न पाउने भएका छन्। यसको चाँजोपाँजो भने कारागार व्यवस्थापन विभागले मिलाउने छ।

कैदीबन्दीले यो सुविधा कैदीबन्दीको प्रजनन हकको कार्यान्वयनसम्बन्धी निर्देशिका २०७४ पास भएपछिमात्र पाउने छन्। विभागले निर्देशिकाको खाका तयार पारिसकेको छ। खाकालाई अन्तिम रुप दिएपछि गृहमन्त्रालयमा पेस हुनेछ।

मन्त्रालयबाट पास भएपछि निर्देशिका कार्यान्वयनमा आउने छ। त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने छन्।

मन्त्रालयबाट पास भएपछि निर्देशिका कार्यान्वयनमा आउने छ। त्यसलगत्तै कैदीबन्दीले सन्तान उत्पादनका लागि कारागारले व्यवस्था गरेको विशेष कोठामा आफ्नो पार्टनरसँग शारीरिक संसर्ग गर्न पाउने छन्।

नेपालमा अहिलेसम्म यो व्यवस्था नभए पनि अन्य मुलुकमा भने यस्तो व्यवस्था रहेको छ । निर्देशिका पारित भएसँगै कार्यान्वयनमा आउने र कैदीबन्दीका लागि ठूलो राहत हुने विश्वास गरिएको छ ।

तपाईको प्रतिक्रिया