गच्छदारले धाँधली गरेको भन्दै एमाले कार्यकर्ताले गरे प्रदर्शन


इटहरी, मंसिर २८ गते । सुनसरी क्षेत्र नम्बर ३ मा पुनः मतदानको माग गर्दै एमाले कार्यकर्ताले सदरमुकाम इनरुवामा बिहीबार विरोध प्रर्दशन गरेका छन्। उपप्रधानमन्त्री विजयकुमार गच्छदारले राज्यको शक्तिको दुरुपयोग गरेर एमाले नेतृ भगवती चौधरीलाई पराजित गरेको भन्दै इनरुवामा एमाले कार्यकर्ता निर्वाचन परिणामको विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

भगवती सर्मथकहरुले इनरुवा बजारमा विरोध प्रर्दशन गरेपछि इनरुवाको जनजीवन प्रभावित बनेको थियो । बुधबार सुनसरी क्षेत्र नम्बर ३ मा एमालेकी भगवती चौधरी कांग्रेस नेता गच्छदारसँग ३ सय २१ मतको झिनो मतअन्तरले पराजित हुनुभएको थियो ।

पराजितको पीडा बेहोर्नुभएकी चौधरीले गच्छदारले निर्वाचनमा खटिएका कर्मचारी र प्रहरीलाई खरिद गरेर चुनावी नतिजा आफ्नो पक्षमा पारेको आरोप लगाउँदै आउनुभएको छ । निर्वाचन आयोगको मत परिणामलाई अस्वीकार गरी उहाँले कानुनी उपचारका लागि अदालतमा जाने बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्नुभएको थियो ।

भगवतीले निर्वाचन आयोगमा पुनः मतदान गराउन र निर्वाचन अधिकृतलाई कारवाही गरी नयाँ निर्वाचन अधिकृत नियुक्ति गर्न माग गर्दा समेत वास्ता नगरेपछि कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएको बताउनुभयो ।

भगवतीले निर्वाचन आयोगमा पुनः मतदान गराउन र निर्वाचन अधिकृतलाई कारवाही गरी नयाँ निर्वाचन अधिकृत नियुक्ति गर्न माग गर्दा समेत वास्ता नगरेपछि कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएको बताउनुभयो ।

हजारौंको संख्यामा उपस्थित भएका एमाले कार्यकताले उपप्रधानमन्त्री गच्छदार र निर्वाचन अधिकृत टिकाभुषण घिमिरे विरुद्ध नाराबाजी गरेका थिए । स्थिति साम्य पार्नका लागि चोक चोकमा सशस्त्र प्रहरी, नेपाल प्रहरी परिचालन गरिए पनि भीड नियन्त्रण गर्न हम्मे परेको थियो ।

कांग्रेस सुनसरीका सभापती राजिव कोइरालाले पराजित मानसिकताका कारण एमाले नेतृ भगवती चौधरीले कार्यकर्ता उतारेर विरोध पर्दशन गरेको आरोप लगाउनुभयो । जनमतको कदर गर्न नसक्ने चौधरीले अराजनैतिक गतिविधि सिर्जना गरेको कोइरालले बताउनुभयो ।

विहिबार नै निर्वाचित पदाधिकारीलाई आयोगले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम राखेको थियो । तर विरोधकाकारण प्रमाणपत्र वितरणको काम प्रभावित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।

तपाईको प्रतिक्रिया