भगतराम थारु
नेपालगन्ज, मंसिर २९ गते । उदयमान थारु गायक विश्वसागर परियारको तेल्लार बोली तुहिन भर्म केल लागल हो बोलको गित सार्वजनिक भएको छ । पछिल्लो समय थारु गित संगितमै दिनरात लागिपर्ने गायक परियारले धमाधम थारु गितको भिडियो सार्वजनिक गर्दै आएका छन् ।
उनले संगित र स्वर दिएका गित थारु गाउँमा घन्कीने गरेको छ । परियार र गायीका सुमन चौधरीले पछिल्लो समयमा सयुक्त रुपमा थारु गायनतर्फ आकर्षित भएरै चर्चामा आएका छन् । गायक परियार बाँकेको दुर्गम बस्ति भनेर चिनिने बैजापुर र गायीका सुमन चौधरी कैलालीमा जन्मे पनि थारु गित संगितले उनिहरुवीचको सम्बन्ध नजिक गरेका छ ।
तेल्लार बोली बोलको गितमा मोडेल विवश चौधरी र रविना चौधरीले गर्नुभएको छ भने क्यामरामा रामु चौधरीले साथ दिनुभएको छ । गितको डाइरेक्टर विवश चौधरी आफैले गर्नुभएको हो भने मेकअपमा मिना चौधरी र सम्पादनमा आरकेसीले गर्नुभएको छ ।
परियार र गायीका सुमन चौधरीले पछिल्लो समयमा सयुक्त रुपमा थारु गायनतर्फ आकर्षित भएरै चर्चामा आएका छन् ।
तेल्लार बोली बोलके भन्ने गितको सुटिङ बर्दियाका विभिन्न ठाउँमा भएको गायीका सुमन चौधरीेले बताउनुभयो । एक चो आइलभ यु कहो इ ज्यान तुहार हो भन्ने बोलको गितको सुटिङ सकेपनि शनिवार यसको भिडियो सार्वजनिक हुने गायक विश्व सागर परियारले बताउनुभयो ।
पछिल्लो समयमा गायक परियारले चर्चित थारु गीतहरुमा स्वर दिएर चर्चा कमाउन सफल हुनुभएको छ । गायक परियार र गायीका सुमनले कोइ महिन फेसबुक म च्याट कर्हो दिहाल मोर फ्ल्याक किस क्याच कर्हो, कहो न का तुहिन कर्ना विचार बा र टेल्लार बोली बोल्के दिवाना बनैलो काजे छैली तु महिन वीचमा छोर्लो लगायत दर्जनौ बोलको गीतमा स्वर दिइसकेका छन् ।