फरार रहेकै अवस्थामा रेशम चौधरीको रिट दर्ता गर्न मानेन सर्वोच्चले


काठमाडौं, पुस १ गते । फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीको रिट दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

चौधरीलाई टीकापुर घटनाका मुख्य अभियुक्तको आरोप लगाइएको छ । फरार रहेकै अवस्थामा प्रतिनिधिसभा सदस्यको चुनाव जितेका उहाँ भारी मतले विजयी हुनुभएको छ । तर, निर्वाचन अधिकृतले वारेसमार्फत विजयी भएको प्रमाणपत्र दिन मानेका छैनन् ।

अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ. व. ६५ (१) न. बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न मिलेन ।’

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र वारेसमार्फत पाउनु पर्ने माग गर्दै चौधरीले आफ्नो भाइमार्फत सर्वोच्च अदालतमा रिट दिनुभएको थियो । तर, मुख्य रजिष्टार नहकुल सुवेदीले निवेदन दर्ता गर्न अस्वीकार गरेका छन् ।

निवेदकले आफूमाथि टीकापुर घटनाको अभियोग लागेको र कानुनी प्रक्रियामा नरहेको स्वीकार गरेको भन्दै सर्वोच्चले भनेको छ, ‘यस्तो अवस्थामा अ. व. ६५ (१) न. बमोजिम वारेस समेत नलाग्ने देखिँदा यस्तो मुद्दामा वारेसमार्फत प्रस्तुत रिट दर्ता गर्न  मिलेन ।’

चौधरी आफैं उपस्थित भएमा भने रिट निवेदन दर्ता हुन नहुने विचार गरिने सर्वोच्चले जनाएको छ । सर्वोच्चको यो कदमले निर्वाचित सांसद चौधरीलाई समस्या पर्ने देखिएको छ । उता सुरक्षा निकायले चौधरीलाई भेट्ने वित्तिकै पक्राउ पर्ने तयारी गरेको समाचार प्रकाशनमा आइरहेका छन् ।

तपाईको प्रतिक्रिया