माघीको अवसरमा थारु कलाकार संघले सांस्कृतिक कार्यक्रम गर्ने


विष्णु कुशुम
तुलसीपुर, पुस २ गते । थारु कलाकार संघ दाङले माघी मिलन तथा विविध साँस्कृतिक कार्यक्रम गर्ने तयारी गरेको छ । संघले राप्ती गाउँपालिका–३ लमहीमा माघी मिलन तथा साँस्कृतिक कार्यक्रम गर्ने बताएको छ ।

थारु कलाकार संघ दाङका अध्यक्ष शालिकराम चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले पुस २७ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रमको तयारीकालागि विभिन्न उपसमिति गठन गरेको छ । बैठकले शनिराम चौधरीको संयोजकत्वमा साँस्कृतिक उपसमिति चयन गरेको छ ।

थारु कलाकार संघ दाङका अध्यक्ष शालिकराम चौधरीको अध्यक्षतामा शनिबार बसेको बैठकले पुस २७ गते कार्यक्रम गर्ने निर्णय गरेको हो । कार्यक्रमको तयारीकालागि विभिन्न उपसमिति गठन गरेको छ ।

त्यस्तै राजेन्द्र चौधरीको संयोजकत्वमा आर्थिक उपसमिति पनि बनाएको छ । जसको सदस्यहरुमा गौतम चौधरी, रामप्रसाद चौधरी, शंकर चौधरी रहेका छन् ।

सोहीअनुसार रामप्रसाद चौधरीको संयोजकत्वमा मञ्च ब्यवस्थापन उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा शंकर चौधरी, गौतम चौधरी रहेका छन् । त्यस्तै विष्णु कुसुमको संयोजकत्वमा प्रचार प्रसार उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा शिवहरी चौधरी, गौतम चौधरी, ओम प्रकाश गुप्ता, ममता चौधरी रहेका छन् ।

बैठकमा थारु कला, संस्कृतिलाई उजागर गर्न थारु कलाकारहरुले महत्वपूर्ण योगदान रहने भन्दै आगामी दिनमा कार्यक्रमलाई थप परिस्कृत गरेर जाने बैठकमा वक्ताहरुले बताएका थिए ।

तपाईको प्रतिक्रिया