जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब भव्यरुपले सम्पन्न


बढैयाताल, (बर्दिया), पुस २ गते । जंग्रार साहित्यिक बखेरीको छैठौं बार्षिकोत्सब बर्दियाको बढैयातालमा सम्पन्न भएको छ । बढैयागाउँको बरघर र त्यहाँका स्थानियहरुको उपस्थितिमा सामाजिक, भाषिक तथा साहित्यिक गतिबिधिसहित सो स्थानमा बार्षिकोत्सब सम्पन्न गरिएको हो ।

बखेरी थारु भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा बिबिध गतिबिधि र अभियान चलाउने सबभन्दा ठूलो संस्था हो । यो संस्थाले थारु भाषाका गजल, कविता, मुक्तक, कथा र निबन्ध संग्रहित ६ भन्दाबढी पुस्तक प्रकाशन गरी सकेको छ । थारु भाषा, साहित्य र संस्कृति प्रबद्र्धनकालागि बखेरीले बिभिन्न जिल्लाका गाउँबस्तीमा सचेतनात्मक अभियान सञ्चालन गर्दैआएको छ ।

कार्यक्रममा बढैयातालका बरघर कमलेश थारुले थारु भाषा र साहित्यका लागि जंग्रार साहित्यिक बखेरीको योगदानलाई सह्राना गर्दै आफ्नो गाउँठाउँमा छैठौं बार्षिकोत्सब मनाई दिएकोमा खुशीव्यक्त गरे । उनले आगामी दिनमा सो ठाउँको शिक्षास्तर र जनचेतनास्तर बृद्धिकालागि युवाहरुको उपस्थिति बढाई यस्ता खालका कार्यक्रम गर्न र समुदायले सहयोग गर्ने बताए ।

कथाकार अधिवक्ता सन्तराम धारकटुवा थारुले भाषा, साहित्य कुनै पनि समुदायको पहिचान भएकाले यसलाई संरक्षण र जगेर्ना गर्नुपर्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि हमार जुनीका कथाकार अधिवक्ता सन्तराम धारकटुवा थारुले भाषा, साहित्य कुनै पनि समुदायको पहिचान भएकाले यसलाई संरक्षण र जगेर्ना गर्नुपर्ने बताए । यसकालागि लेख्ने, दस्ताबेजीकरण गर्ने र नियमित बहस् गर्नुपर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष तथा जंग्रार साहित्यिक बखेरीका संस्थापक संरक्षक सुशील चौधरीले आफ्नो बोलीभाषा सबैलाई प्यारो लाग्ने र यसको संरक्षण हुनु नितान्त आवश्यक रहेको बताए ।

थारु समुदायमा रहेको गुर्वावक जल्मौटी, फूलवार, रामह विहग्राजस्ता काव्यलाई आजका युवाहरुलाई बुभाउनुका साथै यसको सरल व्याख्या हुनुपर्ने बताए । यसकालागि जंग्रार साहित्यिक बखेरीले प्रभावकारी भूमिका खेल्न सक्ने सुझाब दिए ।

कार्यक्रमको सञ्चालन तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै बखेरीका केन्द्रिय अध्यक्ष सोम डेमनडौराले आफ्नो भाषा र साहित्यका लागि सबभन्दा पहिले आफुले नै गर्नुपर्ने भन्दै यसकालागि बौद्धिक बहस्को अभ्यास शुरु गर्नुपर्ने बताए ।

यसका साथै माघ ४, ५ र ६ गते बढैयातालमा हुनगई रहेको थारु साहित्यिक मेला ३ को सफल आयोजनका लागि सबै स्थानीय निकाय, संघ संस्था र सरोकारवाला निकायहरुले सहयोग साथ दिनुपर्ने अनुरोध गरे । डेमनडौराले आगामी दिनमा जंग्रार साहित्यिक बखेरीले थारु भाषाका काव्यहरुलाई सरलीकृत गर्ने, त्यसलाई गाउँगाउँमा बाचन गर्ने र आधुनीक साहित्य लेखनमा ती काव्यका शब्दांश प्रयोगमा ल्याउनु पर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया