
दुष्यन्त चौधरी
कलैया (बारा) पुस ५ गते । बाराको कोल्हवी नगरपालिका वडा नम्बर २ भलोहीखोरबाट तीन थान कटुवा पेस्तोलसहित ६ जना पक्राउ परेका छन् । पक्राउ परेका ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक राजकुमार बैदवारकाअनुसार विशेष सुराकीका आधारमा बाराका प्रहरी नायब उपरिक्षक भुवनेश्वरप्रसाद साहको कमाण्डमा खटिएको टोलीले निजगढबाट कोल्हवी सडक खण्डमा पर्ने भलोहीखोर सवारी चेकजाँच गर्नेक्रममा ६ जनालाई पक्राउ गर्न सफल भएको हो ।
सुराकी आउनासाथ जिल्लामा रहेका प्रहरी निरिक्षकहरुको टोलीलाई जिल्लासँग टाँसिएका रहेका क्षेत्रमा प्रहरीलाई खटाईएका कारण अभियुक्त ६ जनालाई पक्राउ गरीएका प्रहरी उपरिक्षक बैदवारले बताए । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरिक्षक साहको टोलीले निजगढबाट कोल्हवीतर्फ आउँदै गरेको ना १ ह ८०१५ नम्बरकोे टेम्पोलाई चोकजाँच गर्दा घरेलु कटुवा पेस्तोल ३ थान, ७ राउन्ड गोली र धारिलो हतियार तथा ६ थान मोबाइल सेटसहित पक्राउ गरेको थियो ।
प्रहरी उपरिक्षक बैदवारका अनुसार पक्राउ परेका अभियुक्तहरुले कोल्हवी एरियामा लुटपाट, डकैती गरी सबै जनाले बाँडीखाने नियत १५ दिन अगाडी नै योजना बनाईएका बताए ।
पक्राउ पर्नेमा भारत विहारको सितामढी ग्राम पंचायत विसुनपुर गोनाही वडा नम्बर १ बस्ने रविन्द्र सहनीको छोरा वर्ष ३१ को अशोक भन्ने पप्पु सहनी, सोही स्थान बस्ने रामनरेश दासको छोरा वर्ष २८ को प्रमोद भन्ने दिनेश दास, जिल्ला सितामढी ग्राम पंचायत सोनवर्षा वडा नम्बर ७ घर भएका रमेश भन्ने संजय साह रहेका छन् ।
त्यसैगरी जिल्ला सर्लाही मलंगवा नगरपालिका २ बस्ने वर्ष २९ को दिनेश कुमार साह सोनार, सर्लाही जिल्लाकै किसुनपुर गाउँपालिका वडा नम्बर २ का रामसेवक महरा तथा सर्लाही जिल्लाकै ईश्वरपुर नगरपालिका वडा नम्बर ९ का वर्ष ४२ का जगत महरा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक बैदवारले जानकारी दिए ।
प्रहरी उपरिक्षक बैदवारका अनुसार पक्राउ परेका अभियुक्तहरुले कोल्हवी एरियामा लुटपाट, डकैती गरी सबै जनाले बाँडीखाने नियत १५ दिन अगाडी नै योजना बनाईएका बताए ।
पक्राउ परेका ६ जनामाथि हातहतियार खरखजाना ऐन अनुसार जिल्ला प्रशासन कार्यालय बाराबाट म्याद थमाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक वैदवारले जानकारी दिए ।




