साइकल दुर्घटनामा परी दाङका विश्राम चौधरीको निधन


दाङ, पुस ६ गते । साइकलबाट लडेर दाङमा एक जनाको मृत्यु भएको छ। घोराही उपमहानरपालिका १६ का ३५ वर्षीय विश्राम चौधरीको साइकलबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बुधबार राति साइकल दुर्घटनामा परी गम्भीर घाइते भएका चौधरीको उपचारका लागि अस्पताल लैजादैगर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिनुभयो ।

चौधरीले मदिरा सेवन गरी साइकल चलाएकाले लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया